लघुकथा/ मजाक !
-गोपाल प्रसाद थपलिया

Spread the love

-“चुनाव आयो कि सबै जसो पार्टी कार्यालयहरूमा भिडभाड हुन्छ ! नेताहरूको फुर्सद हुँदैन ! टिकाटार्थीहरूको भिडभाडको कुरा गरी साध्य छैन ! इमान्दारहरूले टिकटको आशै गर्दैनन्, किनभने उनीहरूसंग नेताहरूलाई दिने र चुनावमा खर्च गर्ने रकम नै हुँदैन! इमान्दार तर रकम नभएका नेता र कार्यकर्ताहरूले त टिकट नै पाउँदैनन् !धन्य नेपालको “जनराजनीति”!” प्रेमले रूबीलाई भने ।
-“केही टाठा, बाठा र छटुहरूको मोजमज्जा त रहेछ नि नेपालको राजनीति त?! गर्बु काका र सीता काकी जब जब पार्टी र नेताहरूलाई अप्ठ्यारो पर्छ तब तब हातमा पार्टीको झण्डा बोकेर उनीहरू जुलुसमा अघि अघि हिडिहान्छन् ! गर्बु काका र सीता काकी मात्र होइन यो ठाउँमा बस्ने सबै जसोले त्यस्तै गर्छन्! जुलुसमा प्रहरीले लाठ्ठी चार्ज गर्छ ! घाइले हुन्छन् ! गिरफ्तार गर्छ ! जेल हाल्छ ! गर्बु काका त निरंकुश पंचायतको पालामा पटक पटक गरी दश वर्ष जेल बसें भन्नु हुन्थ्यो ! अहिले सम्म के पाउनु भयो त उहाँहरूले !? जगतमणी,जस्का बाऊ बाजे यो गाउँका शोषक सामान्त थिए र छन्, जगतमणी हाम्रो गाउँको काठ र जडीबुटी तस्कर! चुनाबको टिकट उसैले पाउँछ! उसले नपाए ! अर्को हाम्रो इलाकाको नामुद ठेकेदार,बुध्दिराज,जस्ले सडक र पुल बनाउने ठेक्का लिन्छ,सबै अलपत्र पार्छ! ठेक्काको रकम जति आधा आफू राख्छ आधा नेताहरूलाई दिन्छ ! यस्तै यस्तैहरूले देशब्यापीरूपमा चुनावी टिकट पाएका छन् ! कतै कतै एक दुई जना इमान्दार भनाउँदाहरूले पनि टिकट पाउँछन् ! जनताको आँखामा छारो हाल्न मात्र !अनि अर्कोतिर गर्बु काका र सीता काकीहरू जस्ता देशभरका जनताले आफ्नो मुक्तिको लागि भन्दै पार्टीको झण्डा बोकेर जुलुसमा हिडिरहेका छन् ! तर उहाँहरूको मुक्ति कहिल्यै आएन ! कहिले आउने हो त्यो थाहा पनि छैन ! मुक्ति त काठ र जडिबुटी तस्कर जगतमुणी र ठग ठेकेदार, भ्रष्ट बुध्दिराजहरू र केही नेताहरूले देशब्यापीरूपमा मुक्ति पाएका छन् ! शोषित र पीडित गरिब जनता त सधैं हेरेको हेरै !”रूबीले भनिन्।
-“रूबी ! तिम्रो कुराले त मेरो मन मष्तिकमा मेरा बाजेले भनेको कुरा याद आयो ! हाम्रा बाजेले भन्नु हुन्थ्यो- हाम्रो गाउँको जुम्वालका खेतहरू जति सबै सिम खेत थिए ! तर जिम्मवाललाई गढकुलो नभई हुँदैनथ्यो रे ! जबकी सिम खेतलाई कुलै चाँहिदैन!”प्रेमले भने ।
-“ केही नेताहरूको मोजमज्जा,अहंकार र दम्भले देश र जनतालाई दिन्दिनै भड्खालातिर लगिंदैछ ! विनासको बेला मति भ्रष्ट हुन्छ भन्थ्ये,हो रहेछ ! चुनाव पनि सम्पूर्ण शोषित र पीडित नेपाली जनतामाथि गरिएको एउटा मजाक जस्तै भएको छ !” रूबीले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *