भरतपु महानगर पालिका बाट अनुगमनकाे तिब्रता
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो ।
बषौ वर्ष देखि अव्यवस्थित रुपमा सन्चालनमा आएका कमल नगरका बाख्रि मासु पसलहरु आज आइतबारदेखि भरतपुर महानगरपालिकाले बन्द गरेको छ । भरतपुर महानगरपालिकाका वडा नम्वर तिनका वडा अध्यक्ष बिकास थापाको नेतृत्वमा कमलनगरमा पुगेको संयुत्त बजार अनुगमन टोलिले अबैद्ध रुपमा सन्चालनमा आएका सबै बाख्रि मासु पसल बन्द गराएको हो । महानगरले गर्दै आइरहेको सयुक्त बजार अनुगमन निकै प्रभावकारी भएको आम नागरिकहरुको भनाइ छ ।
उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । गत हप्ता मात्रै महानगरले नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रमा गरि ४० वटा पसलहरुमा अनुगमन गरेको छ ।