सिंगो सुदूरपश्चिमका पहाडी जिल्लाको व्यापार, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षको श्रीबृद्धिका लागि एक ऐतिहासिक फड्को

Spread the love

सिंगो सुदूरपश्चिमका पहाडी जिल्लाको व्यापार, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षको श्रीबृद्धिका लागि एक ऐतिहासिक फड्को, मारेकाे भनाई छ ।
यो माटरेबल पुलको आज शिलान्यास गरिएको छ। नेपालको तर्फबाट माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीज्यू र भारत सरकारको तर्फबाट उत्तराखण्डका माननीय मुख्यमन्त्री पुष्कर सिंह धामीले आज संयुक्तरुपमा पुलको उद्घाटन गर्नुभएको हो।
तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाको पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०७१ असोजमा पहिलो नेपाल भ्रमणका बेलादेखि सुरु भएको यो पहलले सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको भारत भ्रमणको बेला (२०७३ भदाै ३०-असोज ४) यसले मूर्त रुप लिएकोमा उहाँकै पालामा निर्माण सुरु भएको छ।
त्यही सम्झौताअनुसार कञ्चनपुरस्थित महाकाली नदीमाथि ४ लेनको पुल करिब निर्माण सम्पन्न भइसकेको छ।
यसमा अहिलेसम्मका सबै सरकार, जनप्रतिनिधि र विशेष गरी माननीय मन्त्री बडूको पहल कदमी सराहनीय छ भनी स्थानिय जनता भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *