बद्लेला त देशको स्थिति ?-पूर्ण चन्द्र चापागाईं

Spread the love

घुस खान्न भन्नेले टेबुलमुनिबाट पैसा तानिरहन्छ
मैले गद्दारी गर्दिन भन्छ ठेकेदार उसले पनि दुईको वालुवा र गिट्टीमा चारबाट आठ बनाइसक्यो
राश्ट्र निर्माणमा खट्न जादैछु भन्दैथे ठूला बा, साना बा, हजुर बुबाहरू,
उनिहरूले पनि राश्ट्रीय बिभुतिमा, ठेक्का पट्टामा अनि मन्त्री तथा राजदुतमा श्रीमती, साला, साली, आफन्त र धुपौरेहरूलाई भर्ना गर्दैछन्
म त सच्चा राश्ट्र सेवक भावी दिनका कर्णदारहरूलाई पढाउने शिक्षक-गुरु हु भ्न्दैथिए पल्लाघरे दाइ
उनले पनि राजनैतिक कार्यक्रम पनि छोड्दैनन, देशैभरिका कुनै संघ सस्थाका कार्यक्रम पनि छोड्दैनन
कस्ता होलान् ती भावी कर्णदार जस्ले गुरुलाई देख्न त के चिन्ह पनि गाह्रो पर्ला जस्तो देखिन्छ
भ्रष्टाचारको त के कुरा गर्न्र अन्तर्राष्ट्रिय रिपोर्टिङले नै नम्बर वान बनाइसक्यो
चुनाव आउला अनि हेरौंला भन्छन् सीधा जनता
पूरानै अनुहारले बाजि मार्न तम्सिएर दौडिदैछन एकातिर
नयाँ अनुहार हेर्ने हो यसपटक भन्छन् युवा र स्वतन्त्र
हजुर बा नि उमेदवारमै छन् , बा ले भन्छन् युवा नै छु,
छोरो भन्छ पालो मेरो हो, नाति भन्छ म नयाँ हु ।
लौ न भनिदिनुस समस्या ठूलो छ के गर्दा होला ठीक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *