आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम २०७९ सम्पन्न
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा “आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम-२०७९” आज एक कार्यक्रमवीच सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालज्यूको प्रमुख आतिथ्यतामा पुच्छारबजार धादिङबाट प्लेकार्ड, माईकिङ सहित सिरानबजार धादिङ सम्म र्याली सहित निलकण्ठ न.पा. ३ स्थितमा रहेको विपद ब्यबस्थापनको हलमा एक समारोहवीच कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले कार्यक्रमबारे प्रकाश पार्नुका साथै आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, उप प्रमुख कुल मान बिश्वकर्मा, यस कार्यालयका कार्यालय प्रमुख प्र.उ.राकेश सिंह, प्र.ना.उ.श्याम बहादुर खत्री, सि.प्र.अ.हरु स.प्र.ना.उ.जिनव भट्टराई, सह से.ना.नि.नेल्सन वस्नेत,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, अस्पताल एवं जनस्वास्थ्य कार्यालयका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, आमा समुहहरु, शिक्षक तथा विद्यार्थीहरु, युवा क्लबका पदाधिकारीहरु, मनोपरामर्श केन्द्रका व्यक्तित्वहरु, संचारकर्मीहरु एवं प्रहरी कर्मचारीहरु गरी करिव ७०० जनाको सहभागी रहेको कार्यक्रम विहान ९:०० बजे सुरु भई विहान ११ बजे समापन भएको थियो ।