लघुकथा/ कसौडी पाक्यो !
-गोपाल प्रसाद थपलिया

Spread the love

-“हाम्रो दाइको छोरा तीर्थ राजनीतिमा लागेको सात वर्ष भयो ! सांसद र मन्त्री हुन भ्यायो ! त्यो त प्रधानमन्त्री पनि हुन्छ अनि राष्ट्रपति पनि ! तर भाउजू तपाईंको श्रीमान हामी सबैका प्रिय धर्मराज दाइ राजनीतिमा लागेको म जन्मनु भन्दा अगाडि ! अहिले सम्म केही हुनुभएको छैन ! के कारण हो यस्तो !” सावित्रीले दुर्गा भाउजूलाई प्रश्न गरिन।

  • खोइ! म के भन्यौ ! पंचायतकालमा मेरा श्रीमानले जेल,नेल,प्रहरीको कुटाई पिटाई सबैखानु भयो! हामी घरमा बस्नेहरूले भूमीगत नेता कार्यकर्तहरू पाल्दै ठीक भो ! अहिले देखिने गरेका ठूल्ठूल्ला नेताहरू सबैलाई मैले खाना खुवाएको छु ! उनीहरूको दिशा पिसाब सोहोरेकी छु ! उहाँहरू धेरै समयसम्म भूमिगत सेल्टरमा बस्नु भएको हो हाम्रै घरमा !बाहिर निस्के प्रहरीले पक्राउ गर्छ ! भेटे पछि गोली हानेर मार्छ भन्नु हुन्थ्यो ! ठूल्ठूल्ला नेता र कार्यकर्ताहरूलाई हामी देशभरकै न्यायप्रेमी जनताले पंचायत निरंकुशताबाट बचाएकै हो ! निरंकुशतालाई परास्त गरेकै हो !देश र जनताको सुखका दिन ल्याउनका लागि ! निरंकुशता त ढल्यो ! तर इमान्दार नेता,कार्यकर्ता र जनतालाई दुःख दिनेहरू ढल्न सकेनन् ! गाँठ्ठी कुरा यही छ! पार्टीका केही नेताहरूले विवेकी,इमान्दार, त्यागी, हिजोका दिनमा निरंकुशतासंग पौठेजोरी खेल्ने र त्यसका बिरूध्द शतिसाल भएर उभिनेहरू जति छन् सबैलाई ढलाउने कोशिस गरिरहेका छन् ! नेताहरूको चाकरी गर्ने ! जय गान गाउँनेहरू प्रशस्तै पलाए ! नेताहरूले भ्रष्टहरूलाई आफना मित्रहरू बनाए ! अब नेताहरू केभए!? सावित्री नानी तपाईले मलाई मेरो यो प्रश्नको जवाफ दिनु होस् ! अनि तपाईले चिन्नु भएको छैन र तपाईको दाइ र उनको छोरा तीर्थलाई ? उनीहरू कस्ता मान्छे हुन !? मेरा श्रीमानसंग तीर्थको तुलाना हुन सक्छ !? लौ भन्नु होस् सावित्री नानी !?दुर्गा भाउजूले गम्भिर भएरै प्रश्न गरिन ।
    -“तपाईंले भनेको कुरा एकदमै सही हो,भाउजु ! असल इमान्दार त्यागीहरूको पत्ता साफै गर्ने षडयन्त्र गरिरहेका छन् केही नेताहरू !तीर्थ जस्ता हरामजादाहरू मन्त्री बनी देखा परे ! मेरो दाइ भनेर के गर्नु तीर्थ र दाइको परिवार सबै षडयन्त्रकारीहरू ! आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन् ! यस्तै यस्तै मान्छेहरू केही नेताहरूका प्रिय छन! तर जनताका उज्याला दिनहरूलाई कसैले रोक्न सक्तैन दुर्गा भाउजु ! असल विचारले असल चरित्रको निर्माण गर्छ ! मैले हजुरको विचार मात्र बुझ्न खोजेकी हूँ ! तर हजुरहरूको परिवार सम्मानित परिवार हो ! जीवनलाई वर्षले होइन असल कामले नाप्नु पर्छ ! भीख मागेर सुखको जीवन कति चल्छ र दुर्गा भाउजू ?! तीर्थ त गुण्डा भखारी हो ! धर्मराज दाइ देश जनता बिरूध्द गरिएका सबै काम कुराहरूका बिरूध्दमा लागी रहनु भएको छ ! उहाँ प्रति मेरो अति सम्मान र आदर छ दुर्गा भाउजू !”सावित्रीले भनिन्।
    -“ सावित्री नानी !तपाईको कुरामा मैले अरू केही थप्नु छैन ! अहिले कसौडी मात्र पाकेको छ ! तर भात पाकेको छैन !”दुर्गा भाउजूले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *