मानवअधिकार तथा शान्ति समाज चितवनले संविधान दिवसमा अवसरमा बिबिध कार्यक्रम
मानवअधिकार तथा शान्ति समाज चितवन शाखाले संविधान दिवसमा चितवनको भरतपुर चौबिसकोठिमा पुर्ब केन्द्रिय सभापति गङ्गाधर अधिकारि र शाखा सभापति शम्भु राउतले मानव अधिकार , शान्ति ,लोकतन्त्र ,अहिंसाको प्रतिक ४ वटा मैन बत्ती बालेर दीप प्रज्व्लन गरि ८औं संविधान दिवस मनाएको छ कार्यक्रममा संविधानको मुलमर्मको बारेमा डा.गङ्गाधर अधिकारीले मन्तव्य राख्नु भएको थियो। २०६२/०६३ को जनआन्दोलन र माओवादी सशस्त्र युद्धरत पक्षबीच समन्वयात्मक भूमिका निर्वाह गरि युद्ध अन्त्य गर्न र १२ बुदे सहमतिसम्म ल्याई संविधान निर्माणसम्म पनि अहम् भूमिका निर्वाह गरेको बिसयमा सम्क्षिप्त जानकारी समेत गर्नुभएको थियो । पुर्ब सभापति अनन्त ढुंगाना,पुर्ब केन्द्रिय सचीव राजेन्द्र पौडेल, पुर्ब शाखा सचिब दयानिधी अर्याल, निर्मल राज पौडेल, आनन्द राज राउत, पुर्ण चन्द्र चापागाईं, सहसचिव संसार चन्द्र न्योपाने, बिनोद कुमार अधिकारी ,किरण राउत ,बाबु राम अधिकारी ,लक्ष्मी सुवेदी ,सुप्रीय सापकोटा ,राम कृष्ण श्रेष्ठ ,राजेन्द्र वाग्ले ,ज्ञानु आचार्य ,तारा परियार ,रबिन खतिवडा ,सुशील राना ,अशोक पौडेल रीतु न्योपाने झलक प्रसाद अधिकारी ,कुलानन्द भुसाल ,भागिरथ चापागाईं पितम्बर घिमिरे श्रीराम सापकोटा ,नवीन तिवारी ,कपिल अधिकारि रमेश सुवेदी रुबिशा कोइराला भबिन्द्र बि क लगायत ३८ मानव ओअधिकारकर्मिहरुको उपस्तिथि थियो कार्यक्रममा उपस्थित सम्पुर्णलाई सभापति शम्भु राउतले धन्यवाद दिनु भएको थियो भने कार्यक्रम सचीव जीवन के. सि. ले संचालन गर्नु भएको थियो।
असोज ३ गते संविधान जारी भएको दिनको उपलक्ष्यमा गरिएको दीप प्रज्ज्वलनले सम्पूर्ण नेतृत्व बर्गमा संविधान दिवसमा बालिएका मैनबत्तीलाई हेरेर जसरी बत्ती बल्दैगर्दा मैनबत्ती सकिदैजान्छ र दुनियाँलाई प्रकाश तथा ताप दिने गर्दछ त्यसरी नै देशभरका नागरिकको लागि मैनबत्तीले झै हरेक दुखसुखमा साथ दिन सक्ने आन्तरिक प्रेरणा मिलोस, अहिले देखिदै गईरहेको भ्रष्टाचार, बिकृती र बिसङ्गतिको अन्त्य होस् भन्ने समेतको कामना गर्दछौं ।