इतिहासतर्फ फर्केर हेर्दा असोज ०२ गते कोत पर्व
नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुर को उदय
भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पुर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंह खवास को रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन
महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए ।
गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणा का मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन
पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतारिया, बस्नेत,पाण्डे,थापा,बिष्टआदि एक चिहान बने भने बचेका जंगबहादुर र उनका भाईहरु शक्तिशाली भएर उदाए । यस पर्व संगै
जंगबहादुर ले सत्ता आफ्नो हातमा लिएर
प्रधानमन्त्री बने र फलतः १०४ वर्षको क्रुर राणा शासनको उदय भयो ।
(काठमाडौं हनुमाढोकास्थित कोत पर्व भएको स्थान- । स्केचः हेनरी एम्ब्रोस ओल्डफिल्ड)
फोटो :-
देशमा अस्थिर राजनीतिले धेरै किसिमका संभावनाहरू निम्त्याउदछन । हालका राजनैतिक दलहरूले वास्तविक समस्याको पहिचान गरी त्यसको निराकरण गर्न नसकेमा हालका असन्तुष्टिले स्वतन्त्र कित्तामा हिड्ने बालेन्द्र शाह र हर्क साम्पाङ्गहरूको जन्म पनि हुन सक्छ क्रुर शासनको शुरुआत पनि हुन सक्छ बिदेशी शक्तिकेन्द्रहरूको खेल मैदान बन्दै राजपरिवारको जस्तै हत्याकाण्डको रुपहरू पनि देखिन सक्छन् त्यसैले सच्चा राजनैतिक शक्तिको उदय वा भईरहेका राजनैतिक शक्तिबाट समाज सुधारका प्रयास हुनु जरुरी देखिन्छ ।