युवालाई सन्देस
जाग युवा अब तिमी देशको मुहार फेर्नलाई,
क्षमताको प्रयोग गर उद्यम विकास गर्नलाई ।
मानव सबै हुन्छन् अरे जन्मजात उद्यमी,
अवसर भने चिन्नुपर्छ समयमै तिमिले नि ।।
तिम्रो जन्म भाकाे हैन पलायन हुनलाई,
क्षमताको उजागर गरे पुग्छ हामीलाई ।
साधन स्रोतको खाँचो छैन मेहनतकाे खाँचो छ,
खेतीयोग्य जमिन हेर्दा जताततै बाँझै छ ।।
गाउँ घरमा बुढा बुढी बाटो तिम्रो हेर्दैछन्,
केटाकेटी बालापनमा माया तिम्रो माग्दैछन् ।
डलरको तुलनामा दर हाम्रो कम हाेला,
अाफ्नाेपनकाे तुलनामा डलरले नै के गर्ला ।।
बनाई राख साेचाइ पनि अाफै मालिक बन्ने हाे,
अार्थिक विकास गरी जनकाे स्वाभिमान राख्ने हाे ।
स्रोत साधनको पहिचान गरी अवसर खाेज गर्ने हाे,
जाेश जाँगर तिम्रो अब यहीँ प्रयोग गर्ने हाे ।।
नीति पनि अाउनुपर्छ व्यवसाय बढाउने,
अवसर जति व्यवसायमा परिणत गराउने ।
यसले नै हुन्छौं हामी मालिक र स्वाभिमान्,
सहनु नि पर्नेछैन पराइकाे अभिमान ।
मध्यम खालको भए पनि जाेखिम तिम्ले लिनुछ,
नयाँ विचार सिर्जनाले राेजगारी दिनुछ ।
देशको विकास हुनेगरी प्रविधिको पहिचान,
युवा लक्षित शुरू गराैं परिचालनको अभियान ।। ।।
(