सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न ।

Spread the love

समुदाय- प्रहरी साझेदारी अभियान अन्तर्गत सवारी चालक तथा आम सर्वसाधारणहरुलाई ट्राफिक नियमबारे जानकारी गराई हुनसक्ने सम्भावित सवारी दुर्घटना तथा क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्यले मिति २०७६ पौष २८ गते सोमबार जि. चितवन रत्ननगर नगरपालिका वडा नं १ स्थित लायन्स फुडल्याण्डको सभाहलमा एक दिवसिय “सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना ” कार्यक्रम सम्पन्न गरियो ।
मिति २०७६ साल पौष २५ गतेदेखी माघ ७ गतेसम्म उ.बा.संघ रत्ननगरको आयोजनामा सञ्चालन भईरहेको रत्ननगर महोत्सव २०७६ को अवसरमा “रत्ननगर महोत्सव २०७६” व्यवस्थापन समितिका संयोजक एवं रत्ननगर उ.वा.संघ का उपाध्यक्ष श्री शंकर गिरीज्यूको अध्यक्षता एवं चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टराईज्यूको प्रमुख आतिथ्यतामा मध्यान्ह १३:०० वजेदेखी सञ्चालित उक्त कार्यक्रममा तालुक ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक श्री प्रकाश रानाभाटज्यू , यातायात व्य. राष्ट्रिय महासंघका उपाध्यक्ष श्री राम प्रसाद सुवेदीज्यू, ई.प्र.का. रत्ननगर टाँडिका प्रमुख प्रहरी नायव उपरीक्षक श्री रविन कार्कीज्यू, उ.वा. संघ रत्ननगरका पुर्व अध्यक्ष श्री राजेन्द्र श्रेष्ठज्यू, ने.रे.सो टाँडिका अध्यक्ष श्री गोविन्द श्रेष्ठज्यू, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री दयाकृष्ण भट्ट, यातायात व्य. समितिका पदाधिकारीहरु, यातायात मजदुरहरु, उद्योग व्यवसायीहरु लगायत आम सर्वसाधारणहरु समेत १५६ जनाको उपस्थितीमा तालुक ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रहरी उपरीक्षक श्री प्रकाश रानाभाटज्यूले सहभागिहरुलाई “सडक सुरक्षा” सम्बन्धि प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टराईज्यू , यातायात व्य. राष्ट्रिय महासंघका उपध्यक्ष राम प्रसाद सुवेदीज्यू लगायतले मन्तव्य राख्नुभए पश्चात कार्यक्रमका अध्यक्षज्यूको मन्तव्य सहित ऐ. १६:०० वजे कार्यक्रम समापन भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *