बेलैमा ध्यान पुर्याउनेनेकि नेता गण
चुनावी माहौलको हिसाबले नेपालमा अब सादगी नेता भएकै कारणले अथवा पार्टीमा विभिन्न पद प्राप्त गरेकै भरमा र पदिय जिम्मेवारी भएकै कारणले मात्रै चुनाव जितिँदैन । अबको पुस्ताले क्षमता, इमानदारिता, नयाँपन र समृद्धिको अभियानलाई नेतृत्व दिन सक्ने कुशलता भएको पार्टी र व्यक्तिलाई चुनाव जित्न सहज हुने अवस्था विकास हुँदैछ । सादगी रुपमा राजनीतिक अधिकारको लडाइँ लड्यो भन्दैमा त्यस्तो व्यक्तिले समृद्धिको योजना र सम्पन्नताको ज्ञान सिर्जना गर्न सक्छ भन्ने अबको पुस्ताले ठान्दैन ।
नयाँ पुस्ताले नयाँपनसहितको नेतृत्व (लिडर्स विथ भिजन) खोजेको छ । विज्ञता,बौद्धिक,व्याख्यात्मक क्षमता,पहुँच भएको, आर्थिक लोभमा सीमित नरहेको, चुस्त व्यवस्थापकीय क्षमता देखाउन सक्ने र नयाँ नयाँ अवसर र स्रोतहरुको सिर्जना गर्न सक्ने व्यक्तिले चुनावमा प्राथमिकता पाउने अवस्था विकास हुँदैछ ।
रोजगारी सृजना गर्न सक्ने,गरीबी निवारण,स्पष्ट भिजन दिन सक्ने, नयाँ नयाँ योजना सोच्न र लागू गर्न सक्ने,पैसाको लोभ नभएको,समृद्धी ल्याउन सक्ने, जिवनस्तर उकास्न सक्ने,जनतालाई धनी बनाउन सक्ने,शिक्षा र स्वास्थ्यमा बिमा दिनसक्ने,यातायात र उद्योग विस्तार गराउने,जलविधुतमा अपार सफलता ल्याउन सक्ने,सेयर मार्केटमा सुधार गर्न सक्ने,महंगीमा राहत दिन सक्ने,गाँस बास कपासको ग्यारेन्टी दिन सक्ने,गरिब र पिडितहरुको ऋण मिनाहा गर्न सक्ने,पारदर्शिता र जनसहभागितालाई आत्मसात गर्ने क्षमता भएको र जनताको नजरमा बिकासप्रेमी,विश्वासिलो र इमानदार व्यक्तिलाई छानी छानी टिकट दिएको खण्डमा सहज जीत निकाल्न र भविष्यमा समेत जनतामा विश्वास जित्न सक्ने अवस्था आउँछ ।
चुनावहरु नयाँ नीति तथा कार्यक्रम सुनाउने ठाउँमात्रै होइन । बरु नयाँ राजनीतिक भाष्य, चरित्र र संस्कारको सुरुवात गर्ने अवसर पनि हो ।
राजनीतिको आयु एकपटकमै मात्र अन्त्य नहुने हुदा धैर्यतापुर्वक अन्य अवसरहरुलाई पर्खनका लागि आम नेता कार्यकर्ताहरुले यो कुरा बुझ्न जरुरी छ।
चुनावमा टिकट सीमित व्यक्तिले मात्र पाउने भएकोले टिकट नपाउनेहरूले धैर्य नगर्ने हो भने पार्टी र सम्बन्धित व्यक्तिलाई समेत क्षति हुने पक्का छ।
उम्मेदवार हुन नपाउनेहरू हराउन लाग्ने हो भने त्यसले सबैलाई घाटा हुने र फाइदा विरोधीलाई मात्र हुने छ ।
उम्मेदवार हुने जित्न लाग्नुस्, नहुने जिताउन लाग्नुस् । उम्मेदवार नहुने हराउन लाग्ने हो भने घाटा सबैलाई हो । हामी एकजुट भयौँ भने जहाँ पनि जित्न सक्छौँ । हाम्रो सरकार बन्यो भने अरू ठाउँमा अवसर मिल्छ ।चुनावमा अन्तर्घात गर्ने सबैको रेकर्ड राखिने हुदाँ कसैलाई पनि त्यसबाट फाइदा हुदैन।
राजनितीमा आस्था र निष्ठासँगै धैर्यता पनि चाहिन्छ, सिफारिसमा नपरेको झोकमा बागी उठ्ने पार्टी छोड्ने र पार्टीलाई हराउन खोज्नेको राजनीतिक भविष्य अन्यौल हुन्छ।