लघुकथा/ डर लुकाउने ठाउँ ! -गोपाल प्रसाद थपलिया
-“कहिले मावल,कहिले ठूली आमा, कहिले सानी आमा,कहिले फूपू,कहिले कहाँ कहाँ लुकेर बस्छ? हाम्रो छोरा सुयस किन यसरी लुक्छ!? ठूल्ठूल्ला मान्छेहरू छन् मेरा पनि भन्छ रे ! म त सात वर्ष देखि विरामीको विरामी ! के कुरा हो यस्तो ?!”प्रभाकरले आफ्नी श्रीमती रूपासंग सोधे ।
-“के हुनु हजुर! सुनको ओसार पसार काममा लागेछ सुयस ! धेरै पैसा पाउँछस् तैंले पनि भनेछन्! तर सुन जति केही मन्त्रीहरू,ठूल्ठूल्ला कर्मचारीहरू पुलिस अफिसरहरू अन्य तस्करहरूले मिलेर बाँडी लगेछन् ! हाम्रो छोरा सुयस जस्तै सुन एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने भरियाहरूलाई “सुन ओसार पसार गर्नेहरूले नै सुन लगे”भनेर झुट्टा मुद्दा बनाएर मुद्दा हालेछन् ! त्यही डरले सुयस र उसका साथीहरू लुकेको लुकै भएका छन् !“रूपाले भनिन् ।
-“तिमीले भनेको कुरा साँचो हो भने -सत्य बोल डराउँनु हुँदैन! काम कुरा जे सत्य हो त्यही भनि दिए भो त हाम्रो सुयस लगायत अरू को को छन् सबैले!”प्रभाकरले भने।
-“ घुन कीराले हाम्रो खाने कुरा अन्नलाई नष्ट गरे जस्तै कप्टी, देश र जनतामारा जालीझेलीहरूले सोझा सिधा मान्छेहरूलाई नष्ट गर्दा रहेछन् ! केही प्रघानमन्त्री , मन्त्री र ठूलाठालू भनाउँदाहरू यस्ता कामहरू स्वयंम आफैले अरू सोझा सिधा मान्छेहरू लगाएर गर्दा रहेछन्! आफै झाक्री आफै बोक्सी भन्ने उखान तिनै ठूलाठालूहरूमा चरितार्थ हुँदोरहेछ ! देश र जनता बिरूध्दका अनैतिक कामहरूमा तिनै ठूलाठालु भनाउँदाहरूको संग्लनता हुँदोरहेछ ! मैले यही कुरा बुझें -हाम्रो सुयस र उसका साथीहरू माथि गरिएको अत्याचारबाट!”रूपाले भनिन्।
-“ हेर रूपा !साँचो कुरा बोलिदिनु भन सुयसलाई! त्यस पछि कतै उसले डरले लुक्नु पर्दैन ! फेरी एउटा कुरा नि “सबै कुरा लुकाउने ठाउँ पाइन्छ तर जहाँ गए पनि जहाँ भए पनि डर लुकाउने ठाउँ कहीं कतै पाईंदैन !”“ प्रभाकरले भने ।