जितिया पर्व स्वदेश तथा बिदेशमा समेत लोकप्रिय बन्दै

Spread the love

२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदी बहिनीहरूले एक आपसमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछन ।
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेशी समुदायका महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख र समृद्धिका लागि यो चाडलाई मनाउने गरेका छन्।
प्रत्येक वर्ष असोज कृष्ण पक्षको अष्टमी तिथिको दिन महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुत वाहनको कथा सुन्‍ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ।
मौलिक सांस्कृतिक सम्पदा र पहिचानकाे रूपमा रहेका यस्ता चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार गर्दै आफ्नाे कला संस्कृतिकाे रक्षाका लागि सक्रिय रहनु नै सस्कृतिको जगेर्ना ठहरिने छ । थारु कल्याणकारी सभाका अध्यक्ष ललित चौधरीका अनुसा थारु, मधेस बाहुल्य क्षेत्रमा जितिया पर्वमा सार्बजनिक बिदा दिदा समय सापेक्ष तथा पर्व सम्रक्षणमा टेवा पुग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *