याे हो हाम्राे मातातिर्थ
चन्द्रागिरी भालेश्वर नै माथिल्लो हाे शिर,
काठमाडौंकाे दिशा हेर्दा पश्चिम दक्षिणतिर ।
पहाडकाे फेदी हाे याे पानी शुद्ध अाउने,
चराहरू चाराे टिप्न यस स्थानमा अाउने ।
जेष्ठलाई याेग, ध्यान गर्न मिल्ने ठाउँ छ,
खेलाडीलाई खेलमैदान प्रकृतिकाे देन छ ।
युवाहरूलाई प्रकृतिले माेहित नै पार्याे,
बच्चा बच्ची रमाउँछन् हेर्दै पानी धाराे ।
गेटमै बाहिर बडेमाकाे पिपलकाे बाेट,
शान्ति दिन्छ पीर हटाई मनमा परे चाेट ।
अक्सिजन त फाल्छ सधैं सबलाई पुग्ने गरी,
बचाउनु पर्छ यसलाई संरक्षण गरी ।
माथिपट्टि जंगल छ धर्ती रसाउने,
मनमाेहक धाराहरू अात्मै रमाउने ।
भित्रपट्टी कञ्चन धारा निरन्तर बग्ने,
बाहिरपट्टी नुवाइ धुवाइ सफा सुग्घर हुने ।
बीचमा नीलो पाेखरीले अानन्द नै दिन्छ,
मनुष्यले निशुल्कमा याे उपहार लिन्छ ।
यस्तो सुन्दर तिर्थस्थल छैन कि धरामा,
यसकाे सन्देश पुग्नुपर्छ सम्बन्धित सारामा ।।