साेचेर विकास गरे सम्भव छ
नेपालका प्राय वडा कार्यालयहरु शहरिकरण भै सके । यदि राष्ट्रलाई स्मार्ट सिटीको ढाँचामा लैजाने हो भने वडा कार्यालयबाट नै सुरुवात गर्नु पर्छ । कम्तीमा पनि यो मोडलमा स्मार्ट सिटीको पुर्बाधारहरु निर्माण हुनु जरुरी छ । तबमात्र स्मार्ट सिटीको सुरुवातको साथै हजारौंको संख्यामा सबै क्षेत्रमा दक्ष जनशक्ती उत्पादन र उक्त जनशक्तीलाई राम्रो तलब दिन सक्ने बाताबरण बनाउन सकिने छ । अनिमात्र हाम्रा भाबि सन्तती बिदेश जानबाट रोकिने छन । यो सोच बिना स्मार्ट सिटी बनाउछु भन्नु एउटा हातले शहर उचाल्छु भनेको जस्तै हो ।
स्मार्ट सिटीको लागि पहिलो प्राथमिकता ।
- सरकारद्वारा दिर्घकालिन कुलबजेटको प्रतेक बर्ष कम्तिमा १५% लागानी । कुनै अनुदानबाट सिमित अबधीको लागि टेक्नोलोजीमा जाने हैन, अब आउने हजारौं बर्षको लागि बजेट छुट्याईनु पर्ने छ ।
- गुणस्तरिय र प्राक्टिकल टेक्नोलोजी शिक्षा प्रणाली ।
- टेक्नोलोजी पढाउने शिक्षकहरुलाई कम्तिमा पनि १ लाख मासिक तलब दिने ब्यबस्था जस्को कारण गुणस्तरिय शिक्षा बिद्यार्थीहरुले पाउने छन ।
- प्रतेक कक्षाकोठामा सबै बिद्यार्थीहरुलाई कम्प्युटरको ब्यबस्था ।
- कम्तिमा १ लाख तलब दिने गरि, स्मार्ट सिटी र टेक्नोलोजी दिर्घकालीन रुपले संञ्चालनको लागि दक्ष जनशक्तीलाई रोजगार शृजना ।
यो ढाँचाबाट अगाडी बढेको खण्डमा अबको २० बर्षमा १०,००,००० (कम्तिमा १० लाख) रोजगार शृजना गर्न सकिने र नेपाल अष्ट्रेलियाको दाँजोमा पुग्ने छ ।