मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले अन्तर्राष्ट्रिय शान्ति दिवसका दिन शान्तिको कामना प्रर्दशन गर्दै
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले अन्तर्राष्ट्रिय शान्ति दिवसका दिन शान्तिको कामना गर्दै प्रर्दशन गर्दै छ।
मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय परिपत्र अनुसार ४१ औं अन्तरास्ट्रिय शान्ति दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजले देशैभर शान्तिपूर्ण रुपमा युद्ध निशेध शान्ति बिशेष भन्ने नारा सहित रुसलाई युद्ध रोक्ने आग्रह गर्दै प्रर्दशन गर्ने तयारी गरेको छ त्यसै मुताबिक मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले चितवन, भरतपुरको चौबीसकोठीमा र देशभरका मानव अधिकार शान्ति समाजका अन्य शाखाहरूले पनि रुसलाई युद्ध रोक्न आग्रह सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको दिन आ आफ्नो जिल्लाको सदरमुकाम तथा पायक पर्ने ठाउँमा प्रदर्सन गर्दै छन।मानव अधिकार तथा शान्ति समाज सदैब शान्तिको कामना गर्दछ। रुसले युक्रेन माथि गरेको आक्रमणको शान्ति समाजले बिरोध गर्दै आएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको दिन रुस युक्रेन युद्ध अन्त्यको घोषणा गरिदिन अनुरोध गर्दै प्रदर्सन गर्दै छ शान्ति समाजको विभिन्न अभियान अन्तर्गत युद्ध निशेध शान्ति विशेष भन्ने मुल नारा सहित प्रदर्सन गर्दै छ भने शान्ति समाज चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै आएको छ २०७८ कार्तिक २६/२७ गते देशभरबाट मानव अधिकारकर्मीहरुको भेला गरि २ दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न गरेको थियो
नवनिर्वाचित चितवन शाखाका सभापति शम्भु राउतका अनुसार शान्ति समाजको युद्ध निषेध शान्ति विशेष हिमाल बचाउ नदि जोगाउ लागुपदार्थ दुर्ब्यसन विरुद्ध को अभियान विभिन्न स्कुल कलेजमा चलाउदै आएको बताउनु भएको छ।