मंसिर ४ चुनावमा ने क पा माओवादी लाई घाटा हाेला त ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा र महानगर सहइन्चार्ज एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका हुन् । लामो समय माओवादीको चितवन जिल्ला नेतृत्व गरेका परियार आज (विहिबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत एमाले प्रवेश गरेका छन् । परियार एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक समेत भएका थिए । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।