प्रेरक लघु कथा : बृद्धाश्रम

Spread the love


श्रीमतीको मृत्यु पछि छोरा र बुहारीले बुबालाई आश्रममा लगेर राख्ने निधो गरे । एकदिन छोराले बुबालाई भन्यो । बुहारीलाई तपाईंको स्याहार गर्न गाह्रो भो त्यसैले तपाईंलाई अब आश्रममा राख्ने सल्लाह भएको छ । म बेलाबेलामा भेट्न आउँला। बाबुले केही बोलेनन । भोलिपल्ट छोराले आफ्नो कारमा राखेर बाबुलाई आश्रम लिएर गयो । बाबुलाई आश्रमको वेटिङ रूपमा राखेर कारमा रहेको बुबाको सामान लिन गयो । यही बिचमा श्रीमतीको फोन आयो र उनले भनिन बुबालाई आश्रममा पुर्‍याउनु भयो ? सब ठिकठाक छ नी । बुबालाई दशै तिहार चाडबाडमा पनि ल्याउन जरुरी छैन बरु हामी उतै भेट्न जाऔंला ।
छोराले श्रीमतीसँगको कुराकानी पछि बुबाको सामान लिएर आश्रम भित्र गयो । बुबा आश्रम संचालकस्ँग हाँसेर गफ गर्दै हुनुहुन्थ्यो र संचालकले पनि बुबाप्रति श्रद्धाभाव देखाइ रहेको थियो ।
त्यो देखेर छोराले सोध्यो के तपाईंहरु पहिले देखि नै परिचित हुनुहुन्छ ?
संचालकले भने हो तपाईंको बुबा र म पहिले देखि नै परिचित छौं । तपाईंका बुबाले आज भन्दा ३० बर्ष अगाडि यो आश्रमबाट एक अनाथ बच्चालाई छाेरा बनाउछु भनि लिएर गएका थिए । त्यो दिन देखि यीनले हरेक बर्ष यस आश्रमलाई सहयोग गर्दै आउनु भएकोछ । सुनेको छु यी महासयले छाेरा बनाउछु भनी लिएको अनाथ बच्चा आज ठूलो भएर देशकै एक प्रतिष्ठित पदमा पुगेका छन रे । यीनै महासयलाई यस आश्रममा स्वागत गर्न पाउँदा हामी खुशी छौं ।
त्यो सुनेपछि छोरा झसङ्ग भए । उनको आँखाबाट आँसु खसे …………….. !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *