“कक्षा १२ को खोप सुनिश्चित “

Spread the love

कक्षा १२को विद्यार्थीलाई लामो समय देखि खोप लगाउन माग भएता पनि हालसम्म आउन सकेको थिएन तर आहिले भने नेपाल सरकारले खोप लगाउने भएको छ । भरतपुर महानगरपालिकाले भाद्र ९ ,१० र ११ गते खोप केन्द्र अनुसार पालिका तोकेको छ । १८ वर्ष पुगेको बिद्यार्थी को हक मा कलेज द्वारा दिइएको प्रमाण पत्र वा परिक्षा प्रमाण पत्र हुनुपर्ने बताइएको छ । उक्त विद्यार्थी हरुले खोप लगाउनको लागि आफ्नो कलेजमा अवस्थित वडामा जानुपर्ने जानकारी आएको छ । धेरै कलेज भएको वडाको हकमा खोप केन्द्रमा विभिन्न तालिका तोकिएको छ ।

यसैगरी संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परिक्षा तत्काल लिनलाई निर्देशन दिएको छ । मंगलबार बसेको बैठक ले तत्काल कोभिड विरुद्धको खोप लगाएर परिक्षा लिनका लागि निर्देशन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *