जो कसैको प्रतिभाको उच्च सम्मान गरौ “गरिबीलाई मजाक नबनाऊँ।”

Spread the love

जो कसैको प्रतिभाको उच्च सम्मान गरौं …गरिबीलाई मजाक नबनाऊँ।
च्यातिएको धोती र फाटेको कमिज लगाएका एक व्यक्ति आफ्नी १५-१६ वर्षकी छोरीलाई लिएर एउटा ठूलो होटेलमा पुगेर कुर्सीमा बसे।दुबै जना लाई कुर्सीमा बसेको देखेर एक जना वेटरले दुई गिलास सफा चिसो पानी अगाडी राखेर सोध्यो– हजुर हरुका लागि के ल्याउँ?
ति ब्यक्तिले भने”मैले मेरी छोरी संग वाचा गरेको थिएँ”यदि तिमी कक्षा १० मा जिल्लामा प्रथम आयौ भने म तिमीलाई शहरको सबैभन्दा ठूलो होटेलमा नास्ता खुवाउनेछु।” छोरी उच्च अंक ल्याएर पास भईन।त्यसैले वाचा पूरा गर्न आएको हुँ।
कृपया छोरीको लागि एक सेट बटर ब्रेड ल्याइदिनुहोस्।वेटरले सोधे”अनि हजुरका लागि के ल्याउँ?” ति ब्यक्तिले भने”मसँग एक सेट ब्रेडको मात्र पैसा छ, छोरीले खान्छिन मैले चाहीं घरमै गएर खान्छु।”यो कुरा सुनेर वेटर को मनमा करुणा जाग्यो अनि मालिक संग गएर सबै कुरा सुनायो र भन्यो”म दुबै जनालाई पेट भरी खाना खुवाउन चाहन्छु तर अहिले म संग पैसा छैन, पछि मेरो तलब बाट उनी हरुको बिलको रकम असुल गर्नुहोला हुन्न र?मालिकले भन्यो- त्यसो हो भने ति होनहार गरिब छोरीको लागी मैले मेरो होटलको तर्फ बाट सबैलाइ पार्टी दिन्छु।”
होटलका स्टाफ हरुले एक वटा टेबुल आकर्षक तरिकाले सजाए।होटल स्टाफ, होटलका आगन्तुक पाहुना, बाबु छोरी सब मिलेर पार्टी गरे, खुशि मनाए।गाउँमा पनि आफन्तजन हरुलाइ मिठाइ बाँड्नु भन्दै होटल मालिकले केही मिठाइका डब्बाहरु बाबु-छोरीका हातमा थमाइ दिए।उनीहरु हर्षका आँशु चुहाउँदै घर तिर लागे।
समय बित्दै गयो..एक दिन एउटी युवती सीडीओ बनेर सोही शहरमा आइन्।एक दिन आँफु त्यही होटलमा खाना खान आउने खबर लिएर सिपाहीलाइ पठाइन।होटल मालिकले तुरुन्तै राम्रोसँग सर-सफाइ गर्न लगाए र टेबल सजाएर रिख्ने निर्देशन दिए।खबर सुनेपछि पूरै होटल ग्राहकले खचाखच भरियो।
सिडीओको रूपमा उनै गरिब केटी मुस्कुराउँदै आफ्ना आमा-बाबु सँग होटल पुगिन।सबै उनको सम्मानमा उभिए।होटल मालिकले उनलाई फुलको गुच्छा दिए अनि खाना अर्डर मागे । त्सपछि होटल मालिकको अगाडि उभिएर भनिन..”हुनसक्छ तपाइँ हरु दुई जनाले मलाई चिन्नुभएन।म त्यही गरिबकी छोरी हुँ जसको बाबु सँग दोस्रो ब्रेड सेट किन्ने पैसा थिएन तर तपाइ हरु दुबै जनाले मानवताको साँचो उदाहरण प्रस्तुत गर्दै म दश कक्षा पास हुँदा आफ्नो तर्फ बाट मेरो खुशियाली मनाइदिनु भएको थियो अनि गाउँमा बाँड्नको लागी भनेर मिठाई पनि दिनु भएको थियो।आज होटलमा हुने पार्टीको संपूर्ण खर्च मेरो तर्फ बाट हुने छ।
तपाईंहरू दुवैको हौसला र प्रेरणाको कारण आज म सिडीओ बनेको छु।’भोली नागरिक मंचमा तपाइ हरु दुबै जनालाई “श्रेष्ठ नागरिक” को सम्मान प्रदान गरिनेछ’ ।

शिक्षा – कुनै गरिबको गरिबीको मजाक गर्नुको सट्टा उसको प्रतिभालाई उचित सम्मान दिनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *