“समय तिमी बलवान”

Spread the love

—जाडो महिनामा सुकेको दाउराको आगो ताप्ता कति मज्जा आउँछ,त्यो मज्जा त अरू कुनैसंग तुलना हुन सक्तैन।

— विवकपूर्ण काम कुरा भन्दा अर्को ठूलो कुरा यो संसारमा अरू केही छैन।

— हराएको कुनै पनि चीज पाउन सकिएला तर हराएको समय पाउन सकिन्न।

—आफ्नू फाइदाको लागि अरूलाई दुःख दिने मान्छे होइन त्यो त संसारकै सबै भन्दा तुच्छ मान्छे हो ।

—युवा युवती हुँदा गरेका गल्तीहरूले जीवनभर हैरानी ब्यहोरिरहनु पर्छ ।

— प्रत्येक मान्छेले आफूलाई एक अति आवश्यक ब्यक्तित्व हूँ भन्ने सोचेर काम गर्नु पर्छ ।

—असल मान्छेको त गाली पनि अमृत बन्छ ।

—अप्ठेरोमा पर्दा अकिल आउँछ, त्यहीबाट अनि
तागत पनि ।

— विचार र सिध्दान्त बुझ्दै नबुझि अगाडि बढ्नु भनेको भड्खालामा पर्नु हो ।

—अहंकार र दम्भ दुबै पतनका अवयबहरू हुन् ।

—अवसर पाएन भने योग्यता र क्षमता त्यसै वैलाएर जान्छ ।

—प्रेमी होस या प्रेमिका असल बन्न दुबै खुशी हुनु पर्छ ।

—गरिब हुनु भनेको पूर्व जन्मको कमाई होइन। काम गर्नेलाई शोषण गर्ने समाजीक परिपाटी र शासन संचालकहरूको उग्र अविवेक हो।

—रीस र आक्रोस दुबैले मानिसलाई क्षणिक पागल बनाउँछन् ।

—रूँदा होस् या हाँस्दा मनको बोझ हल्का हुन्छ ।

—प्रेमले समर्पण मात्र जान्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *