चितवन उद्योग संघको बरिष्ठ उपाध्यक्षमा सूर्य प्रसाद न्यौपाने चयन

Spread the love

भरतपुर/चितवन उद्योग संघको विधानको दफा १९.३ बमोजिम संघको साधारणसभाबाट निर्वाचित ६ जना उपाध्यक्षहरुबाट गभर्निङ काउन्सिलको सिफारिसका आधारमा संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने बरिष्ठ उपाध्यक्षमा चयन हुनु भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले १६ औं कार्यसमितिको एक विशेष बैठकमा सूर्य प्रसाद न्यौपानेलाई बरिष्ठ उपाध्यक्ष चयन हुनुभएको घोषणा गर्नुभएको थियो ।
बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानलेले पदभार ग्रहण गर्दै संघको उचाईलाई कायम राख्न आफू हरतरहले लागि पर्ने बताउनुभयो । अहिले आफू बरिष्ठ उपाध्यक्ष मात्र चयन भएको अध्यक्ष पदको लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको हुँदा सबै साथीहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । काम गर्ने सिलसिलामा आफूले संघको आँच आउने कुनैपनि कार्य गरेमा आफू त्यसको भागीदार हुने समेत बताउनुभयो ।
पदभार कार्यक्रममा संघका गभर्निङ काउन्सिलका अध्यक्ष एवम् संघका पूर्व अध्यक्षहरु तारा प्रसाद पौडेलले बरिष्ठ उपाध्यक्षमा रहँदा संघको मर्म र भावना अनुरुप संघको हितानुकुल कार्य गर्न सल्लाह समेत दिनुभयो । सो अवसर उहाँले सफल कार्यकालको लागि बधाई
एवम् शुभकामना समेत व्यक्त गर्नुभयो ।
बरिष्ठ उपाध्यक्षको पदभार ग्रहण कार्यक्रममा गभर्निङ काउन्सिलका सदस्य एवम् संघका पूर्व अध्यक्ष, भेषराज दुवाडी, उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु भोजराज खनाल, प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, दण्डपाणी भट्ट, पुरुषोत्तम रिजाल, अमर घिमिरे, परमेश्वर भण्डारी, दुर्गालाल सापकोटा, पार्वती सुवेदी कुँबर, सुरेन्द्र कार्की, चन्दना कोइराला, विशाल चापागाई, सचिवालयका कर्मचारीहरुले बधाई
एवम् शुभकामना व्यक्त गर्नुभएको थियो।
बरिस्ठ उपाध्यक्ष हुनुभएका सुर्य प्रसाद न्यौपाने स्याण्डविच होम सोलुसन प्रा. लि. का प्रबन्ध निर्देशक, सुर्य किरण फाईबर उद्योगका संचालक त्यस्तै डालिमा इन्टरनेशनल प्रा. लि. तथा सि. एम. टि. रिसोर्ट हाकिमचोक लगायत धेरै सस्थाका शेयर सदस्य रहनुभएको छ । उहाँका अनुसार आगामी दिनमा चितवनलाई उद्योगको एक नमूना भएको जिल्लाको रुपमा बिकास गर्ने सरकारको सहयोगमा शक्तिखोरमा ब्यबस्थापन गर्न लागिएको औधोगिक क्षेत्रलाई छिटोभन्दा छिटो शुरुआत गराउनेमा बिशेष पहलकदमी गर्ने उद्योगबाट धेरैभन्दा धेरै जनशक्तिलाई आफ्नै भूमिमा कामको शुरूवात गर्ने वातावरण सिर्जना गर्दै देशबाट दैनिक रुपमा बाहिरिदै गएको जनशक्तिलाई बिदेश्मा आधारित हुनबाट रोकी देशकै काममा उच्चतम प्रयोग गर्ने वातावरण सिर्जना गर्नेतर्फ पनि बिस्तारै काम अगाडि बढाइने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *