लघुकथा/ ढाले आतंक ! गोपाल प्रसाद थपलिया
-“ आज किन यसरी झरी परिरह्यो !म त एकछि ओत लागी है सुनमाया बहिनी ! भन्दै छाता बन्द गरेर सुनमायाको पिडीमा झ्याउरी दिदी बसिन!
“हेर्नुहोस् न !झ्याउरी दिदी !दिनरात काम गर्यो छोराछोरीले पनि पेटभरी खान पाउँदैनन् ! बाँच्नै मुश्किल पर्यो ! उपाय के होला दिदी!”सुनमायाले झ्याउरी दिदीसंग भनिन् ।
-“विदेश पठाई देऊ श्रीमानलाई!” झ्याउरीले भनिन्।
-“ नाईं मलाई त डर लाग्छ ! पठाउँदिन !”सुनमायाले भनिन् !
-“ त्यसो भए भोकै बस!”
- “बरू भोकै बस्छु,श्रीमानलाई त पठाउँदिन विदेश त!”
- “खोइ मेरा श्रीमान विदेश गएको तीन वर्ष भो !खुरू खुरू पैसा पठाएका छन्!”
-“ दिदी म त भोकै मर्छु श्रीमानलाई म त एकैछिन पनि
छोड्न सक्तिन!”
-“ दिनै पोई चाहिने कस्तो होला है ! यो सुनमाया बहिनी त! “ - “ कुरा त्यस्तो होइन दिदी एकबारको जुनीमा लोग्ने स्वास्नी पनि किन छुटेर बस्नु ! मेरो मनमा त यस्तै कुरा आउँछ!”
- “सुनमाया बहिनी !हेर्नु त ऊ त्यो तलको उकालो चढ्ने पाँडे काजीको छोरा गुण्डा ढाले होइन? छाता त उही हो ! यतै कस्सिएर आउँदै छ त!” गाउँका धेरै जसोका श्रीमानहरू विदेश गएका छन् ! ढालेले गाउँमा आतंकै मच्चाउने भो!”
- “हामीतिरै आयो भने त्यसलाई त लुकेर यही मुङरोले
झटारो हान्नु पर्छ!”
-“ त्यसले त दुई महिना अगाडि विदेशमा रहेका राम्जीकी श्रीमतीलाई बबाल मच्चाएर सबै गाउँले मिलेर सझाएँ गरेको होइन!?
-“हो नी, सधैं मातिएर हिड्छ !
-“ आज पानी पनि अझै रोकिएन !? कति परेको यो पानी पनि !”
-“ आयो है आयो झ्याउरी दिदी हामीतिरै आयो,ढाले नै हो त्यो !?”
-“ हिडाई पनि “ उस्तै छ ! छाता पनि उही छ!”
-आई त हाल्यो !ऊ त्यो ठूलै मुङरोले झटारो हान्नु पर्छ! दिनु न त्यो मुङरो झ्याउरी दिदी ! आउँनु होस् यो आडमा लुक्यौ !”
-“ हुन्छ, हुन्छ भन्दै झ्याउरी दिदी सुनमायासंग लामो सास फेर्दै टाँसिन पुगिन !”
-“ छाता ओडेको मान्छे सुनमायाको घरको पिडीमा के आई पुगेको थियो सुनमाया बहिनी हान मुङरोले “भनेर झाउरी दिदी चिच्याइन् !
-“ मुङरोले झटारो हान्दै लौ मर ढाले गुण्डा ! आज तँ मर्चस् यही मुङरोले !”सुनमायाले भनिन्!
-“ आत्तिएर के गरेको सुनमाया तिमीले” भन्दै मुङरो झटारो छ्ल्दै पिडी मुनी पुगेको मान्छे त,ढाले गुण्डा नभएर सुनमायाको श्रीमान बद्री पो रहेछन् ! पानी धेरै परेकोले ढालेकै जस्तै छाता बद्रीले पसला किनेका रहेछन् ! कुरा तीनै जनामा प्रष्ट भयो !
यत्तिकैमा “ कुकुर भनेर हानेको मुङरोको झटारो त ढुकुरलाई पो परेछ!” हाँस्तै झ्याउरी दिदीले भनिन् ।