सवारी दुर्घटना न्यूनिकरणको लागि रिफ्लेक्टिभ स्टिकर सहितको ड्रम

Spread the love

समुदाय- प्रहरी साझेदारी अभियान अन्तर्गत स्थानिय संघ संस्थाहरुसँगको सहकार्यमा हुनसक्ने सम्भावित सवारी दुर्घटना तथा क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्य अनुरुप आज मिति २०७६।०९।२७ गते गणेश टोल बिकास संस्था र धर्मोदय क्लव भरतपुर महानगरपालिका २० सँगको सहकार्यमा जि. चितवन भरतपुर महानगरपालिका १९ र २० को बिचमा पर्ने सडकको शारदानगर चोक र लाहुरे चोकमा एक कार्यक्रमका बिच ८ थान रिफ्लेक्टिभ स्टिकर सहितको ड्रमहरु राखि बिभिन्न टोल बिकास संस्थाका पदाधिकारीहरु, क्लवका पदाधिकारीहरु र सर्वसाधारणहरु समेत अ.६० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले सहभागिहरुलाई “सुरक्षित सडक प्रयोग बिधि” सम्बन्धमा जानकारी गराउनुभई यस कार्यालयबाट तयार गरिएको ट्राफिक सन्देशमुलक ब्रोसर समेत बितरण गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *