रिस तिमी र म

Spread the love

म पनि रिसाए,
तिमी पनि रिसायौ,
फ़ेरि फकाउँछ कसले ?

आज दरार छ,
भोलि खाल्टो हुनेछ,
फ़ेरि भर्ने छ कसले ?

म चुप,
तिमी पनि चुप,
यो चुप्पीलाई फ़ेरि तोड्ने छ कसले ?

सानो कुरालाई लिन्छौ दिलमा भने,
सम्बन्ध फ़ेरि निभाउँछ कसले ?

दुखी म पनि र तिमी बिछोडिएर
सोच हात फ़ेरि बढाउँछ कसले ?

न म राजी,
न तिमी राजी
फ़ेरि माफ गर्नको लागि बडप्पन देखाउँछ कसले ?

डुबेछ यादहरु दिलमा कुनै बेला भने,
फ़ेरि धैर्यता राख्ने छ कसले ?

एउटा अहम मेरो,
एउटा तिम्रो भित्र पनि,
यो अहम् लाई फ़ेरि हराउँछ कसले ?

जिन्दगी कसलाई मिलेको छ सदाको लागि
फ़ेरि यी पलहरुलाई एक्लै बिताउने छ कसले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *