अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा कहिल्यै बहस हुँदैन, किन ?
चिनको कम्युनिष्ट पार्टिको २०औं महाधिवेशन असोज ३० गतेबाट आरम्भ हुँदैछ, हार्दिक शुभ कामना । महाधिवेशनमा २००० भन्दा बढि प्रतिनिधिले २०० सदस्यीय केन्द्रिय समितिको निर्वाचित गर्नेछ । ती मध्ये २५ सदस्यीय पोलिटव्युरो र ७ सदस्यीय स्थायी कमिटिको चयन गर्नेछ । यस पछि युवा अनुहारलाई प्रवेश दिने सम्भावना छ । सि जिङपिङले आफु गभर्नर भएको प्रदेशबाट नयाँ अनुहार ल्याउने छन् जहाँ अलिबाबा प्रविधि कम्पनि छ । सि ले चिनियाँ चरित्रको समाजवाद तथा राष्ट्रिय पुनरुत्थानको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । पार्टिले १० वर्षमा एक पटक नयाँ अधिकारी नियुक्तको निर्णय लिने गर्दछ । यस्तो हुन्छ नि पार्टि संचालन गर्ने विधि जहाँ शिक्षा, स्वास्थ्य, विकास, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा गहन छलफल र बहस हुनेछ । सि ले चिनको State Council का सदस्य तथा सुरक्षा मन्त्रीले ताइवान माथि चिनको आक्रमण भएमा विदेशिहरुको कस्तो प्रतिक्रिया चलाउन सक्छन् भन्ने कुराको अध्ययन गरी सकेका छन् । अमेरिकाले ताइवानलाई सैन्य प्रतिरक्षा गरेमा उसका साझेदारहरुले त्यसलाई कसरी लिने भन्ने State Security मन्त्रालयले जान्न चाहेको छ । त्यसपछि ताइवान आक्रमण पछि चिन माथि लगाइन सक्ने सम्भावित प्रतिवाद झेल्नको लागि चिनियाँ जनता र व्यवसायीलाई तयार पार्ने काम पनि पार्टिले गरी रहेको छ । तर नेपालको राजनीतिक दलको महाधिवेशनमा कहिले नयाँ सोच, यूवा र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा कहिल्यै बहस हुँदैन, किन ?