“नागरिक सुरक्षामा प्रतिबद्ध छ ” – ट्राफिक इन्सपेक्टर भगवान राज थापा
भरतपुर काराेना भईरसकाे माहामारि बढे सँगै नागरिक लाई सचेतना सुरक्षा दिनु सरकारकाे कर्तब्य हाे। साेहि बमाेजिम जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक कार्यलय चितवनले यात्रा गरी रहेका नागरिक लाई “तपाँईकाे माक्स खाेई ” जन चेतना अभियान सुरू गरेकाे छ । माक्स नलगाई यात्रा गरेका नागरिक लाई गाडि राेकी माक्स बितरण गर्नु काे साथै बटुवा लाई पनि माक्स बितरण गरेकाे छ । जिल्ला प्रहरी कार्यलय जिल्ला ट्राफिक कार्यलय ससस्त्र प्रहरी र स्वयम सेवकले समेत जनचेतना जगाएकाे देखिन्थ्याे भने अग्र भागमा बसी जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख भगवान थापाले नागरिककाे सुरक्षामा प्रतिबद्धता सम्झि मुखमा लगाउनु पर्ने माक्स कति पयले च्यापुमा लगाएकाेमा नाक र मुखमा छाेपिने गरी लगाउन अनुराेध गर्नु भएकाे देखिन्थ्याे। त्यसै गरि लायन्स क्लब नारायणगढ लालिगुरासकाे सयूक् आयाेजनामा नारायणगढमा बटुवालाई पनि माक्स वितरण गर्न स्वयम् सेवक हरिकला भट्टराई र बालगाेपाल चुके लगाएतका टिम खटिएकाे देखिन्थ्याे भने ट्राफिक कार्यलयले ट्राफिक नियम पालना गरेकाे छ कि छैन भनि चेक जाँचमा तिब्रता दिएकाे तथा कतिलाई सम्झाई बुझाई गरेकाे र अटेरि गर्नेलाई कारवाहि गरेकाे बताउनु भयाे। ट्राफिक नियम पालना नगर्दा २०७७/०७८ मा ३८६२२ जनालाई कारवाहि गरि ३,३०,३७,००० जरिवाना राजस्व खातामा आम्दानि बाधिएकाे बताउनु भयाे। त्यस्तै मादक पदार्थ सेवन गरि गाडि चलाउने ५४८ जनालाई कारवाहि गरी राजस्व खातामा जम्मा गरिएकाे५,४८,००० , आर्थिक प्रलाेभनमा परी २३६ जनाबाट २,४४,५०० जरिवाना राजस्व खातामा आम्दानि गरिएकाे ट्राफिक प्रहरी प्रमुख भगवान थापाले जानाकारि दिनु भयाे। ट्राफिक प्रहरीकाे कुनै काम प्रति गुनासाे भए सिधै सम्पर्क गर्न र ट्राफिक नियम अनिबार्य पालाना गर्न अनुराेध गर्नु भयाे।