बेलैमा साेचाै जनताकाे सेवक बनाै
साँझ झमक्क परेको थियो।नेताजी सरासर बैठक कोठामा प्रवेश गरे।लुगा नफेरी घत्रक्क सोफामा बसे।एकछिन खै केके सोचिरहे।श्रीमती फुत्त भित्र पसिन्।श्रीमानको खल्लो अनुहार देखेर जिज्ञासा राखिन्,”के हजुरले सांसदको टिकट पाउनुभएन कि कसो हो ? नुन खाएको कुखुराझैँ झोक्राउनुभएको छ नि ?”
उनले श्रीमतीको अनुहारतिर फर्कँदै भने,”पार्टीमा योगदान राम्रोसँग गरेकोले टिकट त जसरी पनि पाइयो ।तर अब प्रतिद्वन्दीसँग भिडेर सत्तामा पुग्न महाप्रलय हुने भो।”
श्रीमतीले सान्त्वना दिंदै भनिन् ,”चिन्ता नगर्नुहोस् न हजुर ।धेरै कार्यकर्ताहरू हजुरकै पक्षमा छन् त।खटेर सहयोग गरिहाल्छन् नि ।हारेमा सिंगो पार्टीलाई नै लाज हुन्छ।जित्न त्यति गाह्राे पर्दैन होला ।”
उनले भने,”त्यसो भनी नहालाैँ।भविष्य कसले देखेको छ र।अलिअलि खर्च गरेर चुल्ठे-मुन्द्रे नपालेमा विजय हात पार्न गाह्राे छ।आफ्नो पकड भएको ठाउँमा बुथ कब्जा गर्नु पर्याे नि।त्यसैले अब सहरको घडेरी पनि बेच्नु पर्यो।तिम्रा कान र गलाका गरगहना पनि धितो राख्नु पर्यो।”
उनले झस्किएर गलातिर हेर्दै भनिन्,”हँ,गरगहना पनि ? म त दिन्न।हार्नुभयो भने न घडेरी रह्यो ,न गरगहना नै।”
नेताजीले श्रीमतीको मन बुझाउँदै भने,”त्यति धेरै चिन्ता नगर न प्यारी ,जितेर सत्ता हात पाराैँ न मात्र ….।”
बिडम्बना यस्तै संवाद चलिरहेको छ आजकल नेपालका सबै राजनितीक दलका नेताहरुको घरमा, कार्यकर्तालाई झिगा झै नसाेच्ने कार्यकर्ताकाे फाेन नउठाउने झुटा कुरा गरि अलमल्याउने पैसाकाे बाग्रेनिङ्ग गर्ने नेताले टिकट ल्याए न चुनाव जित्छ न श्रमतिकाे गहना रहन्छ न घरघडेरि बेलै साेच्दा राम्राे हुन्छ भन्छन् जनता ।