ससस्त्र द्धन्द्ध प्रभावित बनेका धाईते परिवार न्यायकाे लागि आवाज उठाउने
ससस्त्र द्धन्द्धका क्रममा प्रभावित बनेका महिलाहरुलाई संगठित गर्दै न्यायका लागि आवाज उठाउन ससक्त गर्ने उद्धेश्यले आदर्श नारी विकास केन्द्रमा आज विशेष भेला बसी ७ वटै पालिकाको प्रतिनिधित्व रहने गरि १३ सदस्यीय चितवन जिल्ला स्तरीय द्धन्द्धप्रभावित महिला सञ्जाल गठन गरियो । द्वन्द्व प्रभावित महिलाहरुको मानव अधिकारको प्रत्याभुत सहितको न्याय, परिपुरणको प्राप्तिका लागि ७ वटै पालिकाका महिलाहरु संगठित भई विशेष भेला ले मलाई अध्यक्षमा चयन गरेको हो ।
समितीको उपाध्यक्षमा लालकुमारी सिलवाल, सचिवमा सपना राना, सहसचिव यमकला चुहाई र कोषाध्यक्ष लक्ष्मी नेपाली रहनुभएको छ । यस्तै सदस्यहरुमा दण्डमाया रोका कडेल, रिता बोगटी, रुकमाया अधिकारी , मिना घिसिङ,लक्ष्मी घले,लक्ष्मी अधिकारी रहनुभएको छ । यस्तैगरि आजै सल्लाहकार समिती समेत चयन गरिएको छ । सल्लाहकार संयोजकमा सरिता पौडेल पौडेल र संरक्षक आदर्श नारी विकास केन्द्रका अध्यक्ष मीना खरेल रहनुभएको छ ।
जिल्लाभरिका द्वन्द्व प्रभावित महिलाहरुलाई संगठित गर्ने र महिलाहरुलाई न्यायका लागि आवाज उठाउन सशक्त गर्ने उदेश्य सहित यस संजालको गठन गरिएको संस्थाका अध्यक्ष खरेलले जानकारी दिनुभयो ।
१० बर्षे शसस्त्र द्वन्द्वबाट प्रभावित महिलाहरुलाई संगठित गर्दै न्यायका लागि पहल गर्न र सरोकारवाला निकायलाई झकझकाउन सञ्जाल गठन गरिएको हो । शान्ती सम्झौता भएको १६ बर्ष वितिसक्दा पनि महिलाका सवालमा राज्य मौन रहेको र महिलाको योगदानको कहि कतै कदर हुन सकेको छैन । द्धन्द्धको बेला महिलाले भोगेका भोगाई र पीडा विसाउने सुरक्षित स्थान समेत नभएको र घाइते शरिर लिएर हिड्नुपर्ने अवस्थाका महिलाहरुले द्धन्द्धको घाउ विसाउने चौतारी समेत नपाएकाले अवस्था छ ।