नेपाली काङ्ग्रेस नै त्यस्तो पार्टी हो जसले सबैलाई मिलाएर लैजान सक्छ: प्रधानमन्त्री देउवा

Spread the love

१०९ औं बि. पि. जन्मजयन्ती र जनताको साथमा काङ्ग्रेस अभियान प्रथम चरणको समापन तथा पार्टीमा बिशेष योगदान पुर्याउनु हुने महानुभावहरूलाई आज भाद्र २४ गते कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति श्री शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस मात्र त्यस्तो पार्टी हो जसले सबैको भरोसालाई साथमा लिदै मिलेर काम गर्न सक्छ भन्नुभएको थियो । जसको परिणाम देशमा हरेक असहज परिस्थितिमा नेपाली काङ्ग्रेसको अगुवाइमा सरकार बनेकाछन निर्वाचन लगायत संविधानसभा मार्फत संविधान बनाउने कामको नेतृत्व नेपाली काङ्ग्रेसले नै लिएको थियो । त्यसै गरि ६२/६३ को आन्दोलन पछि बनेको सरकार तथा ओली प्रधानमन्त्री भएर चलेको सरकारले न त सबैलाई साथमा लिएर हिड्न सक्यो न त अरुको अस्तित्वलाई स्विकार्न सके त्यसको बदलामा उल्टै सकेसम्म अरु पार्टीलाई सिध्याउने खेल चल्नथाल्यो तर नेपाली काङ्ग्रेसले सबैलाई साथमा लिएर संविधान बनायो । ओलिको सम्सद विघटन प्रयासपछि सबैलाई साथमा लिएर सरकार चलाएको छ भने गठबन्धन गरेर भएपनी नेपाली काङ्ग्रेस पार्टीलाई स्थानीय निकायको निर्वाचनमा पहिलो दल बन्न सफल भएको छ । त्यसै गरी गठबन्धनमा साथमा रहेका सबैलाई साथमा लिएर आगामी मंसिर ४ मा हुन गईरहेको निर्वाचनमा पनि नेपाली काङ्ग्रेस पार्टीलाई पहिलो पार्टी बनाउने कुरा समेत बताउनुभयो ।
अर्का बक्ता नेपाल सरकारका गृहमन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्री बालकृष्ण खाणले नेपाली काङ्ग्रेस पार्टीको निर्णय बमोजिम गठबंधन भएको र यो गठबंधनका हरेक सदस्य दललाई नेपाली काङ्ग्रेस जत्तिकै माया गरि आगामी मंसिर ४ मा हुन गईरहेको निर्वाचनमा जिताउनु पर्ने बिचार राख्नुभएको थियो ।
उक्त कार्यक्रमका सभापति चितवन जिल्ला काङ्ग्रेस सभापति श्री राजेश्वर खनाल कार्यक्रम सन्चालन जिल्ला सचिब ध्रुव पाेख्रल ले गर्नुभएको थियो भने बक्ताहरूमा पूर्ब पार्टी सभापति रामकृष्ण घिमिरे, नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बहादुर बानिया, केन्द्रीय सदस्य अन्जनी श्रेष्ठ, केन्द्रीय सदस्य तथा जनताको साथमा काङ्ग्रेस अभियानका केन्द्रीय प्रतिनिधि श्याम कुमार घिमिरे लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रममा केन्द्रीय गृह मन्त्रि बालकण्ण खाड , राज्य मन्त्री उमेश श्रेष्ठ, माननीय साम्सदहरू, बाग्मती प्रदेश सरकारका मन्त्रीहरू बलराम पौडेल, मिलनबाबु श्रेष्ठ लगायत माननीयहरू, केन्द्रीय सदस्यहरू, पूर्ब जिल्ला पार्टी सभापतिहरूले आथित्यता ग्रहण गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्लाभरका नेपाली काङ्ग्रेसको राम्रो सहभागिता रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *