वि.पि. को सन्देश व्यक्ती देखि राष्ट्र सम्म
महामानव बिपि कोइरालाज्युले रोप्नु भएको रुख हो यो अनि तिमिहरुले पनि त त्यसको फल खाईरहेको छौ हैन र! फल खान पाइन्छ भनेर एउटा व्यक्तिले रुखको बिरुवा रोपेको हुन्छ तर यदि त्यो उसको बाल्यकालमा रोपेको थियो भने यौवन अवस्थामा उसले फल खान पाउँछ र यदि उसले यौवन अवस्थामा रोपेको हो भने वृद्ध अवस्थामा फल खान पाँउछ तर वृद्ध अवस्थामा रोपेको भए उसका सन्तानहरुले फल खान पाँउछ त्यस्तै विपि कोइराला ज्युले युवा अवस्थामा रुखको बिरुवा रोपेको भएर त्यसको फल खान पाउनु अघि नै रोगव्याधिको कारणले देहावसान हुनुभएकोले उनका भाइ र छोराहरुले फल खान पाइरहेका हुन।
कति उमेर भयो र तिमिहरुको यति छिटो फलको आशा गरेका छौ, एउटा कुरा याद गर्नुपर्छ त्यो के भने जब तल देखाइएको तस्बिरमा जस्तो जति जति रुख बढ्दै जान्छ त्यसको हाँगा माथि माथि सर्दै जान्छ र फल पनि माथि माथि पुग्छ त्यसैले आफू पनि त्यो फल सँगसँगै माथिल्लो तल्लामा बढ्नुपर्छ अनि बल्ल हिजो सेवा गरेको फल टिप्न पाइन्छ कि नत्र भने आफूभन्दा तलका हरुले पनि त्यो रुखको सेवा गर्न सिकाउनु पर्छ अनि बल्ल त्यो फल तिम्रो तलामा आइपुग्छ र टिप्न पाउँछौं। चेतना भया।
तलको तस्बिरमा देखाइएको छ त्यो रुखमा अर्कोपट्टी फलेको फल अर्को घरको मान्छेको हातमा आएको हुनाले समयको सदपुयोग गर्दै टिपिरहेको छ सँगसँगै उसले त्यो रुखको कलमि गरेर गमलामा हुर्काईरहेको छ ताँकि उसको सन्तानहरुलाई फल खाऊन।
त्यहि तस्बिरमा एउटा मान्छे चराको संगितको मजा लिइरहेको छ जसले आफ्नो पालोमा पानि पनि हालेको थियो होला र फल पनि खायो होला तर उसका तलकाले मलजल र पानी नहालेकाले उ भएको ठाँउमा हाँगा पलाएको छैन त्यैपनि अहिले ऊ फल नपाएपछि रुखमा गुडँ बनाएर बसेको चराको समधुर आवाजको मजा लिएर रमाईरहेको छ, एउटा कुरा के याद गरौ भने उसले फल नपाएको झोकमा त्यो रुखलाई हानि पुराउन चाहेको छैन बरु जे छ त्यसमा सन्तुष्ट मानेको छ।
र छतमा रहेको त्यो मानिसले त्यो रुखको फल भन्दा पनि सितल छाहारिको आन्नद लिई किताब अध्ययन गरिरहेको छ, बुझ्नु पर्ने कुरा के छ भने तलकाहरु भन्दा माथिका सँग फल धेरै छ तर उसको फल सँग खासै मोह देखिदैन किनभने उ के चाहन्छ भने त्यो फल पाकेर भुईमा पनि खसोस ताँकि मलजल गर्ने र हेरचाह गर्नेहरुले पनि केही न केहि धेरैथोरै फल चाख्न पाओस र निरन्तर रुखको सुरक्षा र स्यारसुसार गरिरहुन भन्ने विचार होला जस्तो मलाई लागि रहेको छ।
त्यसैले फेदमा हुनेहरुले फल पाकोस भनेर कुर्न जरुरी छ त्यस्तै जतिजति माथिल्लो तलामा उक्लिदै जान्छौ त्यति त्यति फल आफ्नै हातले टिप्न पाइन्छ सँगसँगै पानी हालिरहन पनि पर्छ र केही नपाएको खन्डमा पनि चित्त बुझाई रहन सक्नपर्छ। र अन्तिममा एउटा महत्त्वपूर्ण कुरा अर्को मानिस जसले मलजल र पानी हालेको छैन तर फल टिप्यो भनेर ईष्र्या,रिस र डाहा गरेर पनि हुदैन किनभने उसले पनि फल टिप्न सक्ने हाईटमा रहेको कारणले उसकै हातमा फल आईपुगेको छ र उसले समयको सदपुयोग र मौकाको फाइदा उठाएर त्यो रुखको कलमि गरेर अर्को बिरुवा उत्पादन गर्दैछ जसले गर्दा यो रुख वृद्ध भएर फल दिन नसक्ने अवस्थामा पुग्यो भने पनि उसले त्यो रुख नजिकमा रोप्ने भएकोले रुखको फल आफुले नभएपनि पछिको पुस्ताले चाख्न अवस्य पाउनेछन ।