सक्षम स्वतन्त्र नागरिकले प्रतिसप्रदा गर्न पाउनु पर्छ – युवा नेता चाउएनलाई श्रेष्ठ
होइन संसारमा क्रान्ति पछि शासन व्यवस्था र विकासले गति लिएको छ तर लोकतन्त्र आएपछि नेपालमा झन विकृति विसंगति भ्रष्टाचार कुशासन पो बढ्न थाल्यो । माओले चीन, लि क्वानले सिंगापुर, माथिरले मलेसिया, पार्कले दक्षिण कोरियाको कायापलट गरेको उदाहरण छ । सन्दर्भ राष्ट्रको उच्च शिक्षामा अध्ययन, अनुसन्धान, नविन ज्ञानको गुणस्तर बढ्नुपर्नेमा लोकतन्त्र आएपछि विश्वविद्यालयमा गलत व्यक्ति नियुक्तिको कारण दयनीय बनेको छ । राजतन्त्रमा त्रिभुवन विश्वविद्यालयमा रामचन्द्र बहादुर सिंह र प्रजातन्त्र आएपछि केदार भक्त माथेमा, नवीन प्रकाशन शाह जस्ता उत्कृष्ट व्यक्तिलाई उपकुलपति बनाइयो । लोकतन्त्र आएपछि हनुमान, नातेदार, कार्यकर्तालाई पो पदाधिकारीमा नियुक्त गर्न थालियो । खुला विश्वविद्यालयमा सिनियर प्राध्यापकको श्रीमती छन् भने कतै जेठान कतै सालो छन् । कति भए उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार फर्केर आउँदा खरदारको जतिपनि हैसियत छैन तिनको अहिले । विश्वविद्यालयमा उत्कृष्ट योग्य प्राध्यापक अनुसन्धानकर्ता हुनुपर्छ । प्राध्यापक डाक्टर नन्दबहादुर सिंह र जयराज अवस्थी जस्ता उत्कृष्ट व्यक्तिलाई उपकुलपतिमा नियुक्ती गरिएको कामचाहिँ राम्रो थियो । दुबै प्राध्यापकहरु उपकुलपति हुनु गर्वको विषय हो । अहिले प्रजातन्त्रवादी प्राध्यापक संघ र प्रगतिशील प्राध्यापक संगठन दलाल र माफिया जस्तै छन् । यी संगठनहरुले नालायक माष्टरहरुलाई नगद नारायण खाएर विभिन्न पदमा नियुक्तिका लागि लबिङ गर्छन् । राष्ट्रलाई सही दिशा दिने विश्वविद्यालयको हालत यस्तो छ । परिवर्तनपछि शासन व्यवस्थामा good governance र सवल नेतृत्व हुनुपर्नेमा राष्ट्रको भविष्य जोडिएको उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयमा नालायक पंगु व्यक्तिलाई उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार बनाएर हुन्छ ?