“विकासका लागि राजनीति गराै,राजनीतिका लागि हाेईन”
जनताको चाहना विकासका लागि राजनीति हाेस्, राजनीतिका लागि विकासकाे प्रतिस्पर्धा नगरियोस् ।बिडम्वना, नेपाली राजनीति भित्र यस्तो प्रवृत्ति हाबी भयाे,की जहाँ जनताको चाहना भन्दा नेताले लाेकप्रियता कति कमाउन सक्छ भन्नेमै हाेड छ, जसबाट सीमित नेताले क्षणिक वाहीवाही त कमाए, कमाए हाेलान् र कमाउलान् पनि ।तर, देश र जनता सधै ठगिए, ढाँटिए अनि झुक्याईए पटकपटक ।यद्यपि याे कसैमाथि आराेप र दाेषाराेपण हाेईन, सत्य हाे,नेपाली समाजले भाेगेकाे यथार्थ हाे।
हामीले पटकपटकका संघर्ष र आन्दोलनबाट व्यवस्था बदले पनि हाम्रो विकासकाे माेडल र प्रवृत्तिमा बदलाव ल्याउन सकेनाै, जसका कारण हाम्रो विकास खाेला नभएको स्थानमा पुल बने, विद्यार्थी नभएको विद्यालयमा दरबन्दी थपिए । यी त सामान्य र दैनिक भईरहने प्रतिनिधिमूलक घटना हुन्, हाम्रो नेतृत्वले आफ्नाे चर्चाका लागि गरेका भ्रमकाे खेती तर, यहाँ त राष्ट्रिय गाैरवका आयाेजनामा यस्तै भएको छ, चाहे त्याे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाेस् या गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अायाेजना। अपितु यी आयाेजना अघि त बढे, आयाेजना अघि बढ्नु विकासकाे प्रक्रियालाई अघि बढाउनु पनि हाे तर, सत्य याे होकी निजगढ कहिले बन्ने कुनै निश्चित छैन, भने गाैतम बुद्धले व्यवसायीक प्रारम्भ सुचारू गरेपनि अझै सुनशान छ। यी त भए राष्ट्रिय गाैरवका आयाेजनामा भएका दूरदर्शिताकाे अभाव ।
यस्तै उदाहरण हाे, ओली सरकारकाे बेला शिलान्यास गरिएका ३९६ स्थानीय अस्पतालका प्रंसग । जुन शिलान्यास गरिएका आयाेजनालाई देउवा सरकारले बजेट विनियोजन गरेन्, कराेडाै खर्चेर तामझामले गरिएको ती शिलान्यास गरिएका आयाेजना अन्ततः हात्ती आयाे हात्ती आयाे फुस्सा झै भए, जनताका लागि , तर,ओली सरकारले ताली पायाे शिलान्यासका कारण ।
कुनै पनि याेजना अघि सार्दा श्राेतकाे सुनिश्चितता हुनुपर्छ तर, सरकारमा बस्नेहरूले विकासका लागि हाेइन चुनावका लागि सस्तो लाेकपृयताका लागि याेजना अघि सार्छन्। जसबाट देशले अार्थिक भार बाेक्छ, जनता विकासकाे नाउँमा झुक्याईन्छ, मात्रै फाईदा हुन्छ ती दल र तिनका नेतालाई ।यसर्थ विकासका लागि राजनीति गराै, सस्तो राजनीतिक लाेकपृयताका लागि विकास नगराै।