भरतपुर अस्पतालमा जापानीज इन्सेफ्लाईटिस लक्षण भएका बिरामीहरूको चाप बढ्दो क्रम जारी
भरतपुर अस्पतालद्वारा मिति २०७९/५/२१ गते प्रकाशित तथा डा. गोबिन्द कंडेल(बरिस्ठ कन्सल्टेन्ट फिजिसियनद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ क्रमीक: रुपमा चार हप्तादेखि चितवन, पूर्वी नवलपरासी र मकवानपुर जिल्ला तथा आसपासका क्षेत्रहरूबाट जापानीज इन्सेफ्लाईटिस(Japanese Encephalitis) लक्षण भएका (उच्च ज्वरो सहित टाउको दुख्ने र अचेत हुने, वान्ता हुने, शरीरमा कम्पन आउने) बिरामीहरूअस्पतालमा आउने क्रम बढेको र केही बिरामीहरू यस अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचाररत रहेको भनी जानकारी गराइएको छ । त्यसकारण लामखुट्टेको टोकाइबाट बच्नका लागि झुल भित्र सुत्ने, घर वरपरका झाडी बुट्ट्यान सफा गर्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, सुङगुरजन्य पशुको खोरबाट टाढा ब्यबस्थापन गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको पालना गरी सुरक्षित रहनको लागि भरतपुर अस्पतालले सबैसँग अपिल गरेको छ । यदि माथी भनिए बमोजिमको लक्षणहरू देखा परेमा त्यस्ता बिरामीले जतिसक्दो छिटो नजिकैको स्वास्थ्य सस्थामा सम्पर्क गर्नको लागि पनि अस्पतालले अनुरोध गरेको छ ।
घर वरिपरिको वातावरण स्वच्छ भए घरपरिवारको स्वास्थ्य राम्रो हुनसक्छ प्रत्येक घरपरिवार स्वास्थ्य रहे समाज तथापि राश्ट्र नै सफल बन्न सक्छ । स्वच्छ वातावरण र स्वास्थ्य जीवनले जस्तोसुकै कामलाई सम्पन्न गर्नसक्छ तवमात्र राश्ट्र मजबुत हुनसक्छ ।
त्यसकारण सबैले स्वच्छ रहे स्वास्थ्य भईन्छ, स्वास्थ्य रहे लामो समयसम्म बाच्न सकिन्छ र बाच्दै रहे नाच्दै रहुला भन्ने भनाई चरितार्थ हुनसक्छ ।