शुभकामना दिदै -राप्ती नगर पालिका मेयर शमसेर लामा

Spread the love

नमस्कार झोलाङ्ग
चेपाङ जातीको सबैभन्दा ठूलो चाड छोनाम न्वागीको अवसरमा सम्पूर्ण चेपाङ समुदाय तथा नगरबासी दिदीबहिनी दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । अन्नबाली भित्र्याएर धुमधामसँग मनाइने यसपर्वमा थान निर्माण गरेर भर्खरै पाकेको मकैका झुत्ताहरु, घैयाका बिटाहरु, पिडालु, निबुवा, घिरौला, केरा, तरुल, तितेपाती जस्ता चिजबिज राखेर पाण्डे पुरोही (चेपाङ जातीको पुरोहित) ले एकपाखे ढ्याङ्ग्रो ठोक्दै फलाक्ने र पितृ बकाउने प्रचलन रहेको छ ।

यस प्रचलनले आफ्नो जीवन कालमा पितृहरुले गरेका सकारात्मक कामको चर्चा गर्दै आगामी दिनमा बाटो नबिराई पितृले देखाएको मार्गमा हिँड्ने एकप्रकारको बाचा गराउँदछ भने उत्पादन र श्रममा लाग्न प्रेरणा प्रदान गर्दछ । बहुजातीय तथा बहुभाषीय हाम्रो समाजमा न्वागी पर्वले सम्पूर्ण नेपालीहरुबीच अनेकतामा एकताको भाव प्रवाह गराउन मद्धत गरोस भन्ने कामना गर्दछु ।
राप्तीमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि राप्ती नगर सरकार प्रतिवद्ध छ । त्यस्तै चेपाङ समुदायको कला संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन समेत गर्ने योजनाहरु बनाइएको छ भने चेपाङको जीवनसँग जोडिएको चिउरीको संरक्षण गरी चेपाङ समुदायलाई मौरी पालनमा आवद्धता गराई आर्थिकरुपमा समृद्ध बनाउन सरकार लागि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *