विद्यार्थी राजनीतिबाट उदाएका युबा नेता पौडेल चितबन२’ख’प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस !!
सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । विभिन्न जिल्लाहरु बाट पनि उमेदवार सिफारिस क्रम सुरु भइ रहेको छ। यसै क्रममा नेपाली कांग्रेसका युवा नेता ‘निर्मल राज पौडेलले’ पनि चितवन निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (ख)बाट नेपाली काङ्ग्रेसकै तर्फबाट उम्मेदवारी घोषणासँगै पार्टीले समेत उहाँको नाम सिफारिस गरेको छ ।
विरेन्द्र बहुमुखि क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीति २०५२ बाट सुरु गर्दै पार्टी राजनीतिमा होमिनुभएको पौडेल निरन्तर सक्रिय राजनितिमा हुनुहुन्छ । विद्यार्थीको केन्द्रिय सदस्य हुदै चितवन जिल्ला पार्टी सचीवमा समेत उम्मेद्बारी प्रस्तुत गरेर डेढ दसक भन्दा लामो समय देखिविद्यार्थी राजनीति गनुभएको पौडेलले ‘विभिन्न पदमा रहेर महत्त्वपूर्ण भुमिका पार्टीको लागि निर्वाह गनुभएको पौडेलले अहिले पढाइमा एमफिल र समाज सास्त्रमा मास्टर्स गरिसक्नुभएको छ ।
पौडेलले भनुहुन्छ ‘अबको नेतृत्व शिक्षित बर्ग अग्रजलाई सम्मान गर्ने युवा नेतृत्व अवस्यको छ भन्ने उहाँको तर्क छ । पार्टी ले पनि अब युबा लाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था आएको छ पार्टी भित्र युबा शक्ति हुदा हुदै योग्य ब्याक्ती लाई रोक्ने प्रयत्नले गर्दा आज स्वतन्त्र उमेदवारहरु जन्मने क्रमले क्रमस पार्टी हरु स्खलित हुदै गरेको परिप्रेक्ष्यमा काङ्ग्रेस ले एस बारे गहन छलफल चलाउनु पर्ने बताउनु हुन्छ ।विद्यार्थी राजनिती देखि आज सम्म निस्पक्ष सन्तुलित बिचार, सहयोगी बानि, कतै आर्थिक कुरामा नफसेको उहाँको बिचार छ त्यसकारण मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ जिल्ला पार्टीले समेत मलाई योग्य भनेको छ जनताको पुर्ण समर्थन छ केन्द्रिय तहले न्याय गर्छ भन्नेमा पुर्ण विश्वस्त छु। उहाँले आफूलाई पार्टीले टिकट दिए निर्वाचन सहजताका साथ जित्ने कुरामा कुनै दुबिधा नरहेको र प्रतिपक्षी पार्टीहरुले समेत मेरो उम्मेद्बारीको बढो गहन साथ हेरिरहेको समेत बताउनु भएको छ ।