४ वर्षदेखी फरार ६ प्रतिवादीहरु एकैदिन पक्राउ
सम्मानित रुपन्देही जिल्ला अदालतको २०७५।११।१२ गतेको फैसला अनुसार लागु औषध ब्राउन सुगर कसुरमा मुद्दामा जनही ६ महिना कैद सजाय भई हाल सम्म फरार रहेका निम्न स्थान वस्ने निम्न प्रतिवादीहरुलाई यस ईलाका प्रहरी कार्यालय, सालझण्डी कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०५।२० गते रुपन्देही जिल्लाको बुटवल उप-महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देही पठाईएको जस मध्ये मुख्य अभियुक्त बुटवलका मोहम्मद रसिद लाई १० वर्ष कैद सजाय भएकाले निज हाल जिल्ला कारागार रुपन्देहीमा थुनामा नै रहेका । अन्य फरार प्रतिवादीहरुको खोजि भैरहेको छ ।
निम्न प्रतिवादीहरुः–
१. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ४ वस्ने वर्ष २३ को सागर गुरुङ ।
२. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ५ वस्ने वर्ष २७ को सुमन शर्मा ।
३. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ६ वस्ने वर्ष २७ को जारशेस गुरुङ ।
४. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ७ वस्ने वर्ष २७ को अनिल थापा ।
५. जिल्ला गुल्मी कालीगण्डकी गा.पा वडा नं १ स्थायी वतन भई हाल रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ६ वस्ने वर्ष २५ को किशोर पाण्डे भन्ने किश्वर पाण्डे ।
६. जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं ६ वस्ने वर्ष २७ को प्रकाश सारु ।