काे हुन् त संघिय चितवन क्षेत्र नं २ का उमेद्वार उमेश श्रेष्ठ ?

Spread the love

आफ्नो पार्टीको मत मात्र नभई अन्य पार्टीबाट र आम मतदाताहरुको पनि मत प्राप्त गर्न सक्ने लोकप्रिय व्यक्तिलाई प्राथमिकताका साथ उम्मेदवार छनौट गर्ने हो भने चितवन क्षेत्र नं २ बाट विपक्षीलाई पनि खिच्ने चुम्बकीय शक्ति भएका प्रभावशाली नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका राज्यमन्त्री माननीय उमेश श्रेष्ठज्युको विकल्प नै छैन।किनभने उनी यो क्षेत्रमा आफ्नो पार्टी भित्र भएका आपसी गुटउपगुटमा संलग्न नभएका कारणले पनि विवाद रहित छन, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा उनले नेकाबाट विभिन्न तह र तप्काका उम्मेदवार रहेका नेतागणहरुलाई चुनाव जिताउन आफ्नो निजि तर्फबाट मद्दत गर्नुभएको थियो जसकारण उम्मेदवारहरुको हौसला र हिम्मत बढेको पाइयो र अधिकांश विजयी पनि भए। ईमप्लिमेन्ट ईन स्टाट्रेजी मेनेजमेन्टको विषयमा अध्ययन गर्नुभएका श्रेष्ठले समाजिक र आर्थिक व्यवस्थापन सँगसँगै प्राकृतिक आपतविपद तथा हिंसा र द्वन्द्व कनफ्लिक्ट मेनेजमेन्टमा विज्ञता हासिल गर्नुभएको छ। विभिन्न प्रोजेक्टहरु मार्फत उनले द्वन्द्वपिडितको चपेटामा रहेका नेपालीहरुलाई न्याय र राहत हुने थुप्रै नीति योजना र अवधारणाहरु नेपाल सरकारको सम्बन्धित निकायलाई राय सुझाव सहित अवलम्बन गराउनमा अहम भुमिका निभाउनु भएको थियो।
शिक्षा,स्वास्थ्य,उद्योग,पर्यटन र यातायात क्षेत्रमा आवद्ध रहेका सबै तहका शिक्षितवर्ग,कर्मचारीवर्ग र उच्चस्तरीय निकायमा उनको छवि एकदमै राम्रो रहेको पाइन्छ। समाजसेवा,परोपकारी भावना र शुद्ध आचरण भएकाले पनि उनी गरिब निमुखा र न्यून आयस्रोत रहेका देखि मध्यमवर्गीय जनता र धनाढ्यवर्गहरु सम्म जताततै उनको चर्चा परिचर्चा हुनेभएकोले पनि उनी प्रख्यात नेताको रुपमा स्थापित हुनुहुन्छ।
उनि जुन काममा लाग्छन त्यो कामले सफलता प्राप्त नगर्दासम्म निरन्तर लाग्ने बानि भएकाले पनि उनले आफ्नो निजि पारिवारिक जिवन लाई भन्दा पनि व्यवसायिक र राजनितीक जिवनलाई महत्त्व दिए त्यसकारण आजसम्म उनी अविवाहित रहेका छन सायद त्यसैले पनि होला उनले व्यवसाय बाट आर्जन गरेको सम्पत्तिको लोभ नगरि आधा भाग राज्यलाई दान गर्ने स्वघोषणा गर्ने साहस देखाए। विभिन्न पृष्ठभूमिमा आफ्नो नाम अब्बल दर्जामा पुराएको कारणले गर्दा उनी नेपाल सरकारको विज्ञको हैसियतले समानुपातिक तर्फबाट सांसद बन्ने मौका पाए। नेपाली कांग्रेसले उहाँजस्तो विज्ञ व्यक्तिलाई आफ्नो पार्टीमा सम्मानजनक तरिकाले स्वागत गरि लगानी,पुर्वाधार र रोजगार समितिको सहसंयोजक जस्तो महत्त्वपूर्ण भुमिका निभाउन सुअवसर प्रदान गर्यो। उनी नेका को १४ औ महाधिवेशनमा सर्वाधिक मतले केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभयो।
हाल बसोबास गरिरहेको कल्याणपुरको घर उनले २०४९ सालमा खरिद गरेका थिए सँगसँगै चितवनको पुरानो बोर्डिङ स्कुल भनेर चिनिने स्मलहेभन स्कुल उनले सञ्चालन गरेका हुन।
उनको व्यवसाय र घर नेपालमा धेरै ठाँउमा छन जसकारण राजनितीमा प्रवेश गर्नु अगावै कामविशेषले काठमाडौं आऊजाऊ गरिरहने कारणले नचिनेका मानिस कतिपयले उनलाई आगन्तुक भन्ने गर्दछन तर यो सरासर झुटो हो किनभने राष्ट्रिय राजनितीमा होम्मिएको पनि उनी १० वर्ष भन्दा बढि भयो र चितवन सँग जोडिएकै कारणले पनि उनी आज नेपाली कांग्रेस भएका कुरा कतिपयले बुझेका छैनन् । त्यहिभएर पनि होला उनलाई चितवनको माया औधी लाग्ने गर्छ। मङ्सिर ४ गते हुने निर्वाचनमा उनलाई नेका क्षेत्रिय कार्यसमितिले प्रत्यक्ष तर्फबाट १ र २ नं क्षेत्र बाट सिफारिस गरेको छ। उनले नेपालको जुनसुकै क्षेत्र बाट चुनावमा भाग लिए सजिलोसँग जित्नसक्ने प्रक्षेपण भएकोले पनि नेपाली कांग्रेसले उनलाई चितवन क्षेत्र नं २ बाट लगातर दुईपटक जितहासिल गरेको एमाले सँग प्रतिस्पर्धा गराउने तरखर गरेको छ। विपक्षी दलको पनि मत प्राप्त गर्ने थुप्रै आधार,पहुँच र सम्बन्ध भएकोले उनले जित्ने कुरामा केही शंका छैन। उनी विकासप्रेमि हुन र गरिब न्यून आयस्रोत भएकाहरुलाई रोजगार दिने र समृद्धि ल्याउन सहयोग गर्ने गरि खाने प्रोजेक्टका सञ्चालक मध्य एक हुन।
उनले भाषणमा पनि भन्ने गर्छन; खाएर गर्ने भन्दा गरेर खाने हुनुपर्छ,पेट्रोल मासुभात रक्सि र केही पैसामा बिक्ने जुनसुकै पार्टीको कार्यकर्ता किन नहोस देशको विकासको लागि उनिहरु प्रमुख बाधक हुन त्यसैले ती बेरोजगार नेपालीहरुलाई रोजगार दिई आत्मनिर्भर बनाई आफ्नै मिहिनेतको रकम बाट पेट्रोल,मासुभात रक्सि खरिद गर्नसक्ने बनाई स्वतस्फुर्त राजनितीक दलमा आवद्द भई विचार प्रस्तुत गर्न सक्ने हैसियत बनाई देशको मुहार परिवर्तन गर्नको लागि नै `गरि खाने प्रोजेक्ट´ ले ठूलो भुमिका खेल्ने विस्वास लिनु भएको छ।
यस्ता महान सोच भएका र देश र युवाको भविष्य प्रति चिन्तित भएका उमेश श्रेष्ठ जस्ता नेतालाई यो क्षेत्रबाट अत्याधिक मतले जिताउनु पर्छ ताँकि एउटा पनि नेपाली तातो मरभुमि भएको देशमा गएर सित्तैमा आफ्नो जिऊधन खेर फाल्न नपरोस। नेपाली आमा महिला दिदिबहिनी हरुले जन्माएको हुर्काएको र बचाएको हामी नेपालीहरु सबैले उहाँहरुप्रति हृदयदेखीनै उच्च सम्मान र कदर गर्दै महिलाहरुलाई गाँसबाँस कपासको ग्यारेन्टी सँगसँगै निशुल्क शिक्षा,स्वास्थ्य र यातायात को सुविधा प्रदान गर्ने राज्यको दायित्व भएकोले त्यससम्बन्धी छलफल आफ्नो पार्टी भित्र चलाई अब बन्ने नेपाली कांग्रेसको सरकार र मन्त्रीपरिषदबाट पनि स्वीकृति लिदै विधेयक संसदमा प्रस्तुत गर्ने र सर्वसम्मत पास गराउने अठोट माननीय उमेश श्रेष्ठज्युले लिनुभएको छ।
नेपालमा अहिले धनी र गरिब बिच जुन दुरि बढ्दै गईरहेको छ त्यसलाई मध्यनजर गर्दै धनिलाई गरिब नबनाईकनै बरु गरिबलाई चाँहि धनी बनाउने विस्तृत समृद्धिका योजना कार्यनयन गराउने उहाँको सपना रहेको छ त्यसको लागि जनाताहरुलाई रोजगारी सृजना गर्ने,उद्धमी बनाउने र सीप तालिमको व्यवस्था गरि व्यापार सञ्चालनका लागि राज्यले सहयोग गर्ने वातावरण बनाउने र स्थानीय जनताको भावना र मागबमोजिम बिकास निर्माणकार्य पुर्वाधारमा लगानी र आयोजना सम्पन्न गराउने सँगसँगै रोजगारी सृजना गर्ने उहाँको मुख्य उद्देश्य रहेको छ।
हामिले सुन्दै आएका पनि हौ, जापानले नेपाल ५० वर्षको लागी लिजमा मागेको थियो तर हाम्रा नेताले दिएनन् त्यसकारण पनि आज हाम्रो नेपाल बिकास निर्माण र समृद्धि मा पछि परिरहेको छ। त्यहि छिमेकी देश बंगलादेश जुन पाकिस्तान सँग बराबर हैसियतले छुट्टिदा आज बंगलादेशले पाकिस्तानलाई हरेक बिकास निर्माण र समृद्धिमा धेरै पछाडी छोडिदिएको छ त्यो सबै जापानको प्रत्यक्ष निगरानि र सहकार्यले गर्दा सम्भव भएको हो। त्यस्तै आज चितवनको क्षेत्र नं २ मा यदि उमेश श्रेष्ठलाई यहाँका जनताले आफ्नो मत प्रदान गरि उहाँसँग सहकार्य र हातेमालो गरि नस्विकार्ने हो भने यो क्षेत्रको बिकास अरु क्षेत्र भन्दा धेरै नै पछाडि हुने कुरामा दुईमत छैन। सबैले सोच्नुपर्ने समय आएको छ,विभिन्न दलका नेताहरूलाई के के चाहिएको हो त्यो उनिहरु स्वयं लाई नै थाहा होला तर हामि जनताहरुलाई खासमा चाहिएको त बिकास नै हो। त्यसैले यो क्षेत्रको उन्नति प्रगतिको लागि आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाेट दिनकाे लागि आग्रह गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *