असल नेता प्रमाेद कुमार श्रेष्ठ
पुर्व क्षेत्रिय सभापति एवं पुर्व नगर सभापति आदरणीय नेता प्रमोद कुमार श्रेष्ठ चितवन कांग्रेसमा एकदम पुरानो र असल गुण भएको सबैको काम गर्दिने अनी कसैलाई पनि चित्त नदुखाउने र नेता कार्यकर्ता जनताहरुसँग समधुर सम्बन्ध स्थापित गरेका नारायणगढ भरतपुरमा चर्चित नाम भएको एउटा कुशल प्रभावशाली समाजसेवी व्यक्तित्व हुनुहुन्छ। उनी कांग्रेसी बजै भनेर चिनिने पुराना बन्दिपुरे घरानाका नेवार समुदायका हुन। उनको राजनितीक यात्रा र नेपाली कांग्रेसको लागि आफ्नो ज्यान बाजिमा राखेर प्रतिबन्धित कालमा पनि पार्टीको निर्देशन मानेर खुलेयाम संगठन विस्तार गर्न एकदम सकृयताका साथ लाग्दा राज्यले कयौंपटक वारेन्ट पुर्जी डरधम्की दिदाँ पनि एकईन्च नड्गमगाई निरन्तर लाग्दा जेलनेल भोगेका नेता हुन। आजपनि थुप्रै कांग्रेसका हस्ति र अग्रज नेताहरुले उनको नशामा कांग्रेस बगेको छ भन्नेगर्छन। यति लामो राजनितीक यात्रामा उनले कयौंपटक थुप्रैजनालाई सहयोग गर्दै आएका छन चाहे त्यो आर्थिक होस वा नैतिक। ईमानदारीता का साथ कांग्रेसको संगठनमा लागिपरेका उनी आजसम्म कुनै लाभको पदमा पुगेका छैनन् र लाभको पछाडि दौड्ने गरेका पनि छैनन् ।
उनैसँगका समकालीन साथिहरु आज कोहि पार्टिमा केन्द्रीय सदस्य, पदाधिकारी ,सांसद भईसकेर मन्त्री पनि भइसकेका छन भने उनी भन्दा कयौं पछाडी कांग्रेसमा लागेका समेत थुप्रैपटक सांसद मन्त्री भइसके तर उनी जहाँको त्यहीँ छन जसले गर्दा उनलाई चिन्ने मानिसहरु हुन वा नारायणगढ भरतपुर तनहुँका वासिन्दाहरुले उनलाई साच्चिकै अन्याय भएको महसुस गरेका छन जसकारण नेपाली कांग्रेस र नेतृत्व प्रति उनिहरुले राम्रो सकारात्मक दृस्टीकोण बनाएको देखिदैन। त्यसैले पनि यहि मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं २ `ख´ बाट उनलाई समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा सिफारिस गरिएको छ जसकारण एउटा आशाको दियो बलिरहेको अनुभुती गर्ने वातावरण बनेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिले उहाँको योगदान,क्षमता, कार्यकुशलता र बौद्धिकता लाई आत्मसात गर्दै सम्मानजनक तरिकाले उँहालाई जनजाति समुदायको प्रतिनिधित्व गराई समानुपातिकको सुचिमा १ नं मा राखि टिकट दिनुपर्छ अनि बल्ल नेपाली कांग्रेसले पाउने प्रत्यक्ष र समानुपातिक गरि दुबै तहको निर्वाचनमा रुख चुनाव चिन्हको भोटमा वृद्धि हुने लक्षण देखापर्दछ।