“तिनै तहको सरकार: मानव बेचबिखन बिरुद्ध सरोकार”

Spread the love

“तिनै तहको सरकार: मानव बेचबिखन बिरुद्ध सरोकार” भन्ने मुल नाराका साथ भाद्र २० गतेका दिन आदर्श गृह नेपालले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औं राष्ट्रिय दिवस स्वागत ,सम्मान तथा अन्तरक्रियाको आयोजना गरी सरोकारवाला निकाय एवं संघ संस्था सहित प्रभावितहरुलाई संमान गर्दै सम्पन्न गरीएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्री नवराज अधिकारीज्यूको प्रमुख आतिथ्यता,भरतपुरमहानगर पालिका स्वास्थ तथा सामाजिक बिकास महाशाखा प्रमुख ,प्रमुख महिला बिकास अधिकृत, शान्ता कुमारी पौडेल बिशिस्ट अतिथि रहनु भएको थियो ,जिल्ला बार एशोसीयशनका अध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारी,वडा नं ४का जनप्रतिनिधिहरु,महिला बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक संस्थाका प्रमुखहरुको महत्त्वपूर्ण उपस्तिथि रहेको सो कार्यक्रममा नेपालकै चर्चित महिला भागवत वाचक राधिका दासी ज्युको गरीमामय उपस्थितमा मुखारविन्दबाट उत्कृष्ट प्रबचन प्रस्तुत गरेसंगै उपस्थित सम्पूर्ण संस्थाहरुको तर्फबाट दोसल्ला ओडाएर जिल्लामा स्वागत सहित संमान गरिएको थियो ।आदर्श आमा समुहका आदरणीय अभिभावकहरु जसले नियमित सहयोग अनि साथ प्रदान गर्नुभएको छ । सोही अबसरमा संस्थाका संचार संयोजक एवं युवा ब्याक्तित्व श्री अर्जुन अधिकारी,नेपाल प्रेस युनियन हेटौंडामा सम्पन्न नवौं महाधिवेशनमा बाग्मती प्रदेश बाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएकोमा संस्थाको तर्फबाट संमान प्रदान गर्दै हार्दिक बधाई
तथा आगामी सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।उक्त कार्यक्रममा उपस्थितहरूलाई सामाजिक अभियान्ता मीना खरेलबाट धन्यवाद व्यक्त गर्नुभएको थियो भने उक्त कार्यक्रम भरतपुर – ४ बैदिकनगरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *