चितवन क्षेत्र नम्बर ३ एमाले समितिले जिल्ला अध्यक्ष श्री राम प्रसाद न्यौपानेलाई सबर्सम्मत रुपमा एकल उमेदवारमा सिफारिस
चितवन क्षेत्र नम्बर ३ एमाले समितिले जिल्ला अध्यक्ष श्री राम प्रसाद न्यौपानेलाई सबर्सम्मत रुपमा प्रत्यक्षतर्फको एकल उमेदवारमा सिफारिस गर्यो ।
प्रतिनिधी सभाको निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस भएको छ ।
पार्टीको ३ नम्बर क्षेत्रीय कमिटिले न्यौपानेको एकल नाम सिफारिस गरेको हो । माडी नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा रहनुभएका एमालेका युवा नेता न्यौपाने एमाले अध्यक्ष के.पी. ओलीका प्रिय पात्र मानिनुहुन्छ । उहाँ घर परिवारको पृयपात्र, आमा, बुबा र बुबा समानको जेठो दाजु समेत गुमाउदा बिचलित नभई बिद्यार्थी कालबाट अखिलको राजनीतिबाट अगाडि बढ्नुभएका र विभिन्न संघ सस्थाहरूको प्रमुख समेत भएर काम गरिसक्नु भएको छ । जिल्ला स्तरीय एमाले पार्टीका विभिन्न तह र तप्कामा काम गर्दै हाल चितवन जिल्ला अध्यक्षको अहम् भूमिका निर्वाह गर्दै आउनु भएको छ । माडीबासी भएको नाताले र माडीबाट नै आफ्नो राजनीति शुरुआत गर्नुभएको कारणले पनि चितवन जिल्लाकै अध्यक्ष भएर भन्दा पनि माडीको दुख,सुख बुझेको नाताले माडीको बिशेष माया पाउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
यद्यपि केन्द्रीय स्तरमा एमालेले रा.प्र.पा.संग तालमेलको तयारी गरिरहेको अवस्था छ । एमाले र राप्रपाबीच चुनाबी तालमेल भएमा भने चितवन क्षेत्र नं. ३ मा राप्रपाका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे वा राम प्रसाद यौपाने मध्ये एकले अर्कोलाई छोड्नुपर्ने हुनसक्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चितप्रायः रहेको बताइन्छ । नेपाली काङ्ग्रेस र नेकपा (माओवादी) बीच गठबन्धनको लागि केन्द्रीय तहमा वार्ता चलिरहे पनि चितवनका स्थानीय काङ्ग्रेस नेताहरूले चितवन क्षेत्र नम्बर ३ मा समेत काङ्ग्रेसको उमेदवार हुनुपर्ने र काङ्ग्रेस भएका नाताले रुखमा भोट हाल्न पाउनुपर्ने दाबी लिदै गर्दा नेकपा एमालेले क्षेत्र नम्बर ३ बाट सर्बसम्मत उमेदवारको रुपमा नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष समेत रहनुभएका श्री राम प्रसाद न्यौपानेलाई उमेदवार बनाउनुले एमालेको पक्षमा पल्ला भारी भएको हुँदा यश पटकको चुनाव एकमालेले नै जित्नेमा बिश्वस्त रहेको कुरा एमाले बृत्तमा चलेको बुझिन्छ ।