चितवन निर्वाचन क्षेत्र न २ क प्रदेश को प्रदेश साम्सदमा माटो सुहाउदो उमेद्वार लक्ष्मण गुरुङ्
अगामि मङ्ग्सिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र न २ क प्रदेश सभा साम्सदको लागि प्रदेश क्षेत्र कार्य समितिले प्रत्यक्ष्य तर्फ ३ जनाको नाम सर्व सम्मत सिफारिस गरेको छ भने समानुपातिक तर्फ इच्छुक सबैको नाम सिफारिस गरेको छ। उक्त ३ जनाभित्र छानिएका ३ जना नेपालि काङ्ग्रेस चितवनका नेताहरु मध्ये नेता लक्ष्मण गुरुङ्ग को नाम बढि चर्चामा रहेको छ।साबिक कविलास गा वि स को जुगेडिमा जन्मिएका गुरुङ्ग २०५१ सालमा ने वि सङ्घमा आबद्द भएर राजनिति सुरु गरेका थिए,ने वि सङ्घको बिभिन्न पदमा रहेर काम गर्दै नेपालि काङ्ग्रेस को ११ औ अधिवेशन मा नेपालि काङ्गग्रेस कबिलास गाउ कार्य समितिको सचिब को जिम्मेवारि सम्हालेका गुरुङ्ग १२ औ महाधिवेशनमा नेपालि काङ्ग्रेसको क्षेतृय सचिब र १३ औ र १४ औ महाधिवेशनमा क्षेतृय सभापतिका प्रत्यासी थिए ।
सानै उमेर देखि स्थानिय क्लबमा पदाधिकारिको जिम्मेवारि सम्हाल्दै सामाजिक कार्य गरेका गुरुङ्ग रेडक्रस बन बिधालय बाटो निर्माण उपभोक्ता समिति सहकारि लगायत थुप्रै सामाजिक सङ्घ सन्स्थामा आबद्द भएर सामाजसेवामा निरन्तर लागि रहेका छन ।
चितवनको क्षेत्र न २ अन्तर्गत २१ वटा वडा पर्दछ जसमा कालिका को ११ वटा वडा इच्छाकामनाको ७ वटा वडा र भरतपुर महानगरपालिकाको ३ वटा वडा पर्दछ ।
आफु यहि क्षेत्रमा जन्मेर यहि क्षेत्रमा हुर्कदै राजनिति र सामाजिक काममा यहाका जनता सङ्ग सधै साथमा रहेको हुदा पार्टिले आफुलाइ टिकट दिने बिश्वास लिदै आफु निर्वाचित भएर यहाको बिकास निर्माण र यस क्षेत्रको जनजिविकाको सवालमा आफु सधै जनताको हितमा हुने गरि काम गर्न अग्रसर रहने अवसर मिल्ने नेता गुरुङ्गले बताउनुभयो । पार्टिभित्र निश्ठावान इमान्दार र अनुशासित एबम कुशल सङगठकको छबि बनाएका गुरुङ्गले लामो समय सम्म एमालेले आफ्नो लाल किल्ला बनाएको आफ्नो वडा भरतपुरको वडा न २९ साबिक कविलास गा वि स मा यसपालिको स्थानिय निर्वाचनमा एमालेका उमेदवारलाइ दोब्बर मतले हराइ आफ्नो उमेदवारलाइ वडा अध्यक्ष जिताउन ठुलो भुमिका खेलेका थिए। यो प्रदेश क्षेत्रमा बिशेषगरि साबिकको ७ वटा पहाडि गा वि स समाबेश गरिएको र आफु यहाको माटो सुहाउदो र यहाको भौगोलिक अवस्था र जनताका समस्याहरु आफुले नजिकबाट अनुभव गरेको हुदा यहाको जनताले आफुलाइ रोज्नेमा नेता गुरुङ्ग बिश्वस्त हुनुहुन्छ ।