चितवन क्षेत्र नम्बर २ मा संघको प्रत्यक्षतर्फ उमेदवार छान्नै सकस ५ मध्ये जित नारायण श्रेष्ठको नाम पहिलो नम्बरमै सिफारिस

Spread the love

चितवन, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर २ बाट निवर्तमान जिल्ला सभापति युवा नेता तथा प्रखर बक्ताको रुपमा परिचय बनाएका जितनारायण श्रेष्ठ पहिलो नम्बरमा सिफारिस भएका छन् । चितवन क्षेत्र नम्बर २ ले गरेको सिफारिमा श्रेष्ठको नाम पहिलो नम्बरमा छ ।
समितिले श्रेष्ठसहित ५ जनाको नाम सिफारिस गरेको छ जस अनुसार
१- जित नारायण श्रेष्ठ
२- राजेश्वर खनाल
३- उमेश श्रेष्ठ
४- प्रकश अधिकारी
५- राजन कार्की
रहनुभएको छ । उहाँहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि क्षेत्रीय समितिले सिफारिस गरेको छ । नारायणगढ बजारको मुख्य बजार पर्ने सो क्षेत्रमा नेवार समुदायका मतदाताको बाक्लो उपस्थिति छ ।

चितवन ३ मा गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनाव लड्ने भएपछि चितवन २ मा प्रभावशाली युवा नेता श्रेष्ठलाई उम्मेदवार बनाउन कांग्रेस नेतृत्वलाई दवाव छ ।

सो क्षेत्रबाट समानुपातिक तर्फ पनि ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ शान्ति परियार, गौरीकुमारी श्रेष्ठ, शालिग्राम शर्मा पौडेल, रामकुमार श्रेष्ठ र पवित्रा केसीको नाम सिफारिस भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *