मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २५ औं जिल्ला साधारणसभा
२०७९ भाद्र १८ गते शनिवार जिल्ला न्यायाधीश रितेन्द्र थापाको प्रमुख आतिथ्य जिल्ला सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न भएकोछ।कार्यक्रममा प्रमुख बक्ता पुर्ब केन्द्रिय सभापति डा.गङ्गगाधर अधिकारि ,अतिथिहरु सस्थाका सल्लाहकार प्रकाश अधिकारी ,पुर्ब केन्द्रिय उपसभापति उद्दब लोहनी ,केन्द्रिय सचीव बाबु हरि आचार्य ,पुर्ब केन्द्रिय सचिब राजेन्द्र पौडेल केन्द्रिय प्रतिनिधि माधव प्रसाद गौतम ,मानव अधिकार सरोकार केन्द्रका बिश्व ओझा ,पुर्ब शाखा सभापति दिल बहदुर बोगटीले मन्तव्य राख्नु भएको थियो साधारणसभाले नयाँ कार्य समितिको सभापति बाहेक अन्य पदमा आबस्यक पदमा आबश्यक मात्रमा उमेदवार परेको र सभापति पदमा दुई जना उमेदवार परेकोले पछि सभापति पदमा निर्वाचन गरि टुंगोमा पुग्ने सभाको सभापति शम्भु राउतले जानकारी दिनु भयो।