उमेश श्रेष्ठ नै उत्कृस्ट उमेद्वार चितवन क्षेत्र नं २
नेता जो लिनका लागि नभएर दिनका लागि आएका छन यदि उनलाई यो चुनावमा क्षेत्र नं २ मा खुला हृदयका साथ स्वागत गरि नजिताउने हो भने कस्तालाई जिताउने हो त यसको उत्तर यँहाका मतदाताहरुले खोजिरहेका छन। भाषणले होइन रासनले भेट भर्छ भनेको जस्तै भारतिय प्रम जवाहरलाल नेहरुले भन्नू भएको थियो; “भोको पेटले मताधिकार को कुनै अर्थ राख्दैन”। त्यस्तै क्षेत्र नं २ का वासिन्दा हरु पनि बिकासको भोको छन, उनिहरुलाई भाषण गर्ने नेता होइन काम गर्ने नेता चाहिएको छ जसले जनताले तिरेको कर बाट तलबभत्ता नखाने, राज्यको सम्पत्ति भोगचलन नगर्ने साथसाथै सांसद भएपछि पदको दुरुपयोग गरि आफ्ना छोराछोरी नातेदारहरुलाई भरणपोषण र सोर्सफोर्सले जागिर वा सरुवा बढुवा र विदेश भ्रमण र अन्तमा आफ्नो पालो सकिएपछि श्रीमती छोराछोरी लाई उत्तराधिकारी नबनाउने खालको नेता चाहिएको छ। चितवन क्षेत्र नं २ को प्रमुख समस्या भनेको झरि पर्दा नारायणगढ मुग्लिङ्ग सडकमा पहिरो जाने र राजमार्ग अवरुद्ध हुनाले हजारौं यात्रुहरुलाई परेको असुविधा नै हो। यसको लागि दिर्घकालिन समाधान भनेकै शक्तिखोर नौबिसे सडकमार्ग निर्माण गर्नु नै हो जसलाई पुर्ण गराउने जिम्मेवारी राज्यमन्त्री उमेश श्रेष्ठज्युले लिनु भएको छ, त्यसैले उँहाले १ घन्टामा काठमाडौं पुग्नमिल्ने मार्गको पनि अध्ययन अनुसन्धान र योजना सुरु भइरहेको छ। पहाडि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेकै त्यँहाका वासिन्दाहरुको जिवनस्तर एकदमै नाजुक र जिर्ण रहेको छ, चितवन जो हुनेवाला राजधानी पनि भनेर चिनिन्छ त्यहि जिल्लाका वासिन्दा गरिबी,भोकमरी,बेरोजगारी,अशिक्षा,यातायातको असुविधा र राम्रो स्वस्थ्य सुविधा नपाएर गाँउघर छोड्न बाध्य भई पाखा बारी बाझै रहेका छन र अन्न उत्पादन नभएकाले किनेर खान पैसा छैन पैसा भईहाले पनि किन्ने दोकान छैन , भारि भोकेर ल्याएको सामान चर्को मूल्य तिरेर गुजारा गर्नुपरेको छ। यहि क्षेत्रको अधिकांश भोट खाएर दुई दुई पटक सासंद भएकाहरु चुनावको बेला भोट माग्न मात्रै उक्लिने गर्छन र बिकासको काम छोडेर राजधानीमै कहिले मन्त्री हौलो भनी नेताको गुट फेर्दै उतै भुलेर बस्छन। तर कांग्रेसको केन्द्रीय सदस्य एवं प्रधानमन्त्री कार्यलयको राज्यमन्त्री उमेश श्रेष्ठज्यु यहि क्षेत्रमा आएर गाँउको बिकास गर्न आतुर छन यँहाका वासिन्दाको सेवा गरेर पुण्य कमाउन चाहिरहेका छन। उँहाले बाटोघाटो,पानी,बत्तिबिजुलि,अस्पताल,स्कुल कलेज र पशुस्वास्थ्य अस्पताल निर्माण देखि गाउँ,कृषि र पर्यटनको बिकासको लागि त्यँहाका वासिन्दाहरुको जिवनस्तर सुधारको लागि भरिपुर्ण कार्यक्रम र प्रोजेक्ट अगाडि सारिसक्नु भएको छ। यो सबै बिकास निर्माण र आयोजनाको लागि राज्यको बजेट कहिले निकास हुन्छ भनेर कुर्नुनपर्ने तरिकाले वैदेशिक लगानि आधा र आफ्नो आधा गरि यहि ५ वर्ष कार्यकाल भित्रै सु सम्पन्न गर्ने अठोट लिनु भएको छ।