नेपाली काङ्ग्रेसले आकान्क्षी उमेदवारको धमाधम नाम दर्ता गर्दै
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ३ (ख) प्रदेश, चितवनबाट सचिव गोबिन्द शर्माबाट हस्ताक्षरित उमेदवार आह्वान सम्बन्धमा सूचना निकालिएको छ ।
उक्त सूचनामा भनिएको छ प्रस्तुत बिषयका सम्बन्धमा यही मंसिर ४ गते हुन ग ईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको लागि नेपाली काङ्ग्रेस केन्द्रीय समितिको च. न. ३७ साथै बाग्मती प्रदेश कार्यसमितिको च. न. ७८ र जिल्ला कार्यसमिति चितवनको च. न. ८१ बाट प्राप्त परिपत्र अनुसार चितवन जिल्ला प्रदेश सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ३(ख) प्रदेश चितवन अन्तर्गत प्रत्यक्ष तथ!समानुपातिक तर्फको प्रदेश सभा सदस्य पदको लागि योग्यता पुगेका इच्छुक ब्यक्तिहरूले २०७९ भदौ १५ गते बिहान १०:०० बजेदेखि दिउसो ०४:०० बजेसम्म नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३(ख) प्रदेश सभा कार्यालय, भरतपुर -२२ पटिहानी बजारमा हुनेकुरा बताइएको छ । यसै सू बमोजिम उम्मेद्बारी दर्ता कार्यक्रम भईरहेकोमा अहिले दिनको ११:४७ बजेसम्म भएको उम्मेद्बारी दर्तामा
१- लाल बहादुर दवाडी – प्रत्यक्षतर्फ
२- साजन कुमार महतो – प्रत्यक्षतर्फ
३- सूर्यमणी पौडेल – प्रत्यक्षतर्फ
४- लोक बहादुर घर्ती – समानुपातिकतर्फ
५- छबिलाल भट्टराई – समानुपातिकतर्फ
६- टिकाराम भट्टराई – समानुपातिकतर्फ
७- कृष्ण कुमारी पौडेल- समानुपातिकतर्फ
८- सबिता बराल – समानुपातिकतर्फ
९- शोभाखर चापागाईं – प्रत्यक्षतर्फ
१०- सरस्वती पाण्डे (सृजना) – समानुपातिकतर्फ
११- रेशम दराई – समानुपातिकतर्फ
१२- भोजराज देवकोटा – प्रत्यक्षतर्फ
१३- ई. शिबहरी घिमिरे – प्रत्यक्षतर्फ
१४- तेज बिलास पौडेल – समानुपातिकतर्फ