सुझाव सहितको निस्कियो बिज्ञप्ति निस्केला समास्याको चुरो चितवन काङ्ग्रेसको

Spread the love


देशब्यापी गठबन्धनबाट शुरुभएको आन्तरिक बिबाद चितवन काङ्ग्रेसमा गत बैशाखमा भएको स्थानीय निर्वाचनबाट चरम रुप लिन पुग्यो । नेपाली काङ्ग्रेसका नेता श्री जगन्नाथ पौडेल लगायतका नेतृत्वबाट गठबन्धन मान्दैनौं रुख बाहेक अरु चिन्हमा भोट हाल्दैनौ भन्ने नारा सहित रुखमा भोट हाल्न नपाउदासम्म स्वतन्त्र रुपमा काङ्ग्रेसको साखलाई अगाडि बढाउछौ भन्दै जगन्नाथ पौडेलको उम्मेद्बारी भरतपुर महानगरपालिकाको मेयर पदमा परेको र त्यसमा कृष्णलाल सापकोटा, मीना खरेल, शम्भु अर्याल, भिम बहादुर श्रेष्ठ लगायतका नेताहरूको समर्थनमा करीब १५ हजार नजिक मतदातको समर्थन जुटाउन सफल नेतृत्वलाई र साथ र समर्थनमा रहने जनमानसको बर्खिलाप हुने गरि नेपाली काङ्ग्रेस पार्टीले निर्णय लिदै गएमा निर्वाचनको परिणाम नकारात्मक हन सक्ने र सबैको साथ र सहयोगमा चल्न सके मात्र नेपाली काङ्ग्रेस पार्टीले संघ तथा प्रदेशको निर्वाचन परिणामलाई आफ्नो पक्षमा ल्याउन सकिने सुझाव सहित मिति २०७९ भदौ १४ गते नेपाली काङ्ग्रेस चितवन जिल्ला सभापतिलाई सम्बोधन गरि टेक प्रसाद गुरुङ (केन्द्रीय सदस्य, नेपाली काङ्ग्रेस), दिनेश कोईराला(केन्द्रीय सदस्य, नेपाली काङ्ग्रेस), र रामकृष्ण घिमिरे(पूर्ब सभापति, नेपाली काङ्ग्रेस चितवन) सहितबाट हस्ताक्षरित सुझाव सहितको बिज्ञप्तिमा भनिएको छ – भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन -२०७९का क्रममा नेपाली काङ्ग्रेस भित्र उत्पन्न विवाद र असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा दिईएको उम्मेद्बारीका क्रममा भएका कृयाप्रतिकृयालाई मध्यनजर राख्दै समन्वय गर्न पार्टीका असन्तुष्ट साथीहरूसङ्ग छलफल प्रारम्भ गरी चितवन काङ्ग्रेसलाई आगामी दिनमा एक ढिक्का बानाउने उद्देश्यका साथ हामी पार्टीका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, दिनेश कोईराला, पूब सभापति रामकृष्ण घिमिरेलाई अनुरोध गरे बमोजिम असन्तुष्ट साथीहरूसङ्ग पटकपटकको छलफल एवं पार्टीका केन्द्रीय सदस्यहरू, पूर्ब सभापतिहरू अन्य साथीहरूसङ्गको छलफल भई निम्न निचोड भएकोले निम्नानुसार सुझावलाई कार्यान्वयन तर्फ अगाडि बढाउन अनुरोध छ ।
१- पार्टीबाट निलम्बन गरिएका चितवन काङ्ग्रेसका नेताहरू भिम बहादुर श्रेष्ठ, शम्भु अर्याल, केशव राज पौडेल, आनन्द राउत, सूर्य बस्नेतको निलम्बन फुकुवाका लागि केन्द्रिय अनुशासन समितिलाई अनुरोध गर्दै पत्राचार गर्ने ।
२-भरतपुर महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्बारी दिनुभएका जगन्नाथ पौडेल, निजको समर्थक र प्रस्ताबक कृष्ण लाल सापकोटा र सुश्री मीना खरेल उपर गरिएको निस्कासनको कारवाहीलाई अबिलम्ब फिर्ता लिन केन्द्रिय कार्यसमिति र अनुशासन समितिलाई अनुरोध गर्दै सिफारिस गर्ने ।
आगामी मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा पार्टीलाई थप मजबुत र सुदृढ गराउनका लागि नेपाली काङ्ग्रेस चितवन भित्र समग्र एकता हुनु पर्ने तर्फ हामी विशेष ध्यान दिन नेतृत्व वर्ग समक्ष हार्दिक अपिल र आग्रह गर्दछौं भनिएको छ ।
आशा छ पार्टी भित्रका आपसी मतभेदलाई छलफल प्रक्रियामा लैजादै आपसी मन माझी निर्वाचनमा लाग्ने प्रेरणा सबैमा मिलोस त्यसोभएमा पार्टी मजबुत हुनजान्छ सबै पारिने मजबुत हुन सकेमात्र सरकार र देश मजबुत हुनजान्छ तवमात्र समृद्ध नेपालीको कल्पना साकार हुन सक्ला होइनभने फेरि आपसी खिचातानीले नै आगामी दिनहरू पनि नैराश्यतामा र बैकल्पिक शक्तिको खोजमा जनताहरू भौतारिदै जानेछन् परिणाम सोचेभन्दा फरकरुपमा अगाडि बढ्न सक्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *