ने.वि.संघ आदिकवि भानुभक्त मा.वि ईकाई समितिले खुल्ला फुटसल नकआउट प्रतियाेगिता सम्पन्न
ने.वि.संघ आदिकवि भानुभक्त मा.वि ईकाई समितिले २०७९\०५\१३ र १४ गते आयोजना गरेको “खुल्ला फुटसल नकआउट” प्रतियोगिता आज समापन भएको छ । आजको समापन समारोहमा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेस चितवन क्षेत्र नं २ का सभापती भरत लामिछाने ज्यु रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व ने.वि.संघ आदिकवि भानुभक्त मा.वि ईकाई समितिका सचीव एवम कार्यक्रम संयोजक उत्तम खत्रीले गरेका थिए । दुई दिनको उक्त कार्यक्रममा ३० भन्दा बढी टिम हरुको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भरत लामिछानेले “खेलकुद स्वास्थको लागि मात्र नभएर राष्ट्रको पहिचानको लागि पनि महत्वपुर्ण हुन्छ र ने.वि.संघ आदिकवि भानुभक्त मा.वि ईकाई समितिले आयोजना गरेको यस प्रतियोगिताले समाजका सबै पक्षलाई समेटेर एक भातृत्व कायम गरेको छ र आगामी दिनमा पनि यस किसिमका रचनात्मक क्रीयाकलापलाई मैले थप प्राथमिकता दिन्छु ” भन्दै आफ्नो विचार प्रकट गरेका थिए। कार्यक्रममा सुरुवात देखि समापन सम्म दुई दिनको औपचारिक कार्यक्रममा नेपाली कांग्रेस चितवनका निर्वतमान उपसभापती कैलाश कोईराला, नेपाली कांग्रेस चितवनका निर्वतमान सह-सचिव राजन कार्की,ने.वि.संघ चितवनका सभापती सुर्य ढकाल , नेपाल लाेकतान्त्रिक खेलकुद संघ चितवन जिल्ला उपाध्यक्ष सुजन नेपाल,ने.वि.संघ बालकुमारी कलेज ईकाई समिति का का.अध्यक्ष बिष्णु हरि पन्त,ने.वि.संघ बालकुमारी कलेज ईकाई समिति का सचीव नवराज क्षेत्री, प्राविधिक विध्यार्थी परिषद चितवनका अध्यक्ष एवम ने.वि.संघ चितवनका सह-सचिव रविन क्षेत्री,ने.वि.संघ चितवनका सह-सचिव एवम ने.वि.संघ कालिका नगर समितिका सभापती अशोक लामा,ने.वि.संघ विरेन्द्र ईकाईका सभापती सफल गुरुङ ,ने.वि.संघ प्रेरणा ईकाईका सभापती यन्जल थापा लगायत सयौं ने.वि.संघ का नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । उक्त प्रतियोगिताको उपाधि क्षेत्रपुर फुटसल एरेनाले उचालेको छ ।
