हरितालिका (तिज) आस्था र सस्कारले भरिएको भन्दा खर्चिलो र भड्किलो बन्दै
भाद्र शुक्ल तृतियाका दिन हिन्दू महिलाहरूले भगवान शिबको पूजा आराधना गरी निराहार व्रत बसी नाचगान गर्दै रमाइलो मनाउनुका साथै बैबाहिक महिलाले आफ्ना पति तथा परिवारको र अबिबाहितले मन चिताएको वर पाउ र सुखद जीवन जीउन सकियोस् भन्ने कामना सहितको पूजापाठ समेत गर्दछन । पार्वतीले शिबजी बरका रुपमा पाउ भनी गरेको बर्तबसेदेखी त्यसैको अनुसरण गर्दै तिजको चलन चल्दै आएको हो भन्ने जन बिश्वास रहेको पाइन्छ त्यसकारण तिजका दिनहरूमा पशुपतिनाथ मन्दिर लगायत देशैभरका शिवालयहरूमा दर्शन गर्ने चलन पनि रहेको छ ।
यसरी सस्कारको रुपमा चल्दै आएको तिज पर्वमा घरका चेलीहरूले बर्षमा एकदिन माइतीमा आई आ आफ्नो गच्छे अनुसारको दर खाइ आ आफ्ना सुख दुखका कहानीभरिएका गितहरू मार्फत रमाइलोका साथै मन बहलाउने गर्ने गर्दथे ।
तर आजका दिनसम्म आइपुग्दा एकदिने दर एक महिने दरसम्म आइपुगेको छ भने माइती मावलीमा खाइने दर र मनका सुखदुःखका बहपोख्ने थलो र सस्कारलाई घर परिवारबाट शुरुभई गाउसमाज, टोल, हुँदै संघ/सस्था, अफिस, पार्टी, बैंक, सहकारी सस्थासम्मले होटेल तथा पार्टी प्यालेस नै रिजर्भ गरी आफैले गीत गाउन छोडेर व्यावसायिक रुपमा निर्माण गरिएका विभिन्न किसिमका गितहरूमा नयाँ नयाँ तरिकाबाट नाच्दै डग्गी डान्ससम्म आइपुगेको छ । (यो डग्गी डान्सलाई सास्कृतिक विशेषकले मनोरञ्जनको रुपमा गरिएको यसले सस्कारलाई कुनै असर नगर्ने समेतको तर्क दिईएको पाइन्छ तर कुनै पनि कलाले के भाव बोकेको छ त्यसलाई सार्बजनिकिकरण गर्न मिल्छ मिल्दैन त्यो पनि ध्यान पुर्याउनु पर्छ कि त्यसैको प्रभाव सरकारी ड्रेस समेतमा नक्कल गरेको पाइन्छ) सायद यस्तो अबस्थाबाट गुज्रदै जाने हो भने समाज कतातर्फ पुग्ला । यसको लेखाजोखा कसले गर्ला समाज परिवर्तनसङ्गै सु सस्कृत समाज निर्माणमा सबै सरोकारवालाको ध्यान जाओस् ।