राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरका विद्यार्थी (राष्ट्रिय सेवादल NCC) द्वारा विविध कार्यक्रम प्रस्तुती “

Spread the love

राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुर मा अध्ययनरत छात्राछात्रहरुले विगत ०७८ मङ्सिर १९ देखि राष्ट्रिय सेवा दल (NCC) को तालिममा सहभागी भइ सोही तालिमबाट आफुले ग्रहण गरेका विभिन्न कार्यक्रम यसै विद्यालयमा आज अत्यन्तै उत्साहजनक रुपमा प्रदर्शन गरेका छन। सोही कार्यक्रमका प्रमुख अतिथि कालिबहदुर गण भरतपुर व्यारेकका प्रमुख सेनानी श्री अच्युत घिमिरे रहनुभएको थियो ।उहाले राष्ट्रिय सेवा दल(NCC) को तालिम र विद्यार्थीहरुका लागी यसको महत्त्व बारेमा प्रष्ट पार्दै तालिममा सहभागी विद्यार्थीहरुको प्रस्तुती प्रति अत्यन्तै खुशी व्यक्त गर्नुभएको थियो।आगामी दिन हरुमा पनि यस विद्यालयको प्रगतिको कामना समेत गर्नुभयो। कार्यक्रमको सभापतित्व यसै विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य , पुर्व अध्यक्ष एवम वडा नम्बर ७ का विकासप्रेमी वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले गर्नुभएको थियो।

वहाँले विद्यालयका भाइ बहिनिको प्रस्तुतिको प्रसंशा गर्दै विद्यालय तथा विद्यार्थी हरुको हितको लागि आफू अनवरत रुपमा लागिरहेको र आगामी दिनहरुमा सक्दो सहयोग गरि विद्यालयको स्तरोन्नतिमा थप टेवा पुर्याउने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा अतिथिको रुपमा वडा नम्बर ७ का वडा सदस्य हरू विद्यालयका सस्थापक तथा पुर्व अध्यक्ष राममणी उपाद्ध्याय पौडेल लगाएत पुर्व अध्यक्षहरु रहनुभएको थियो।त्यसै गरि राजनीति दलका प्रतिनिधिहरु गुरुचन्द्र घिमिरे, विनोद बाबू ढकाल, बामदेव अधिकारी , रामचन्द्र ओस्ति लगायत सबैले उक्त कार्यक्रमअवलोकन गरि खुशी व्यक्त गर्नुभयो।यस कार्यक्रममा निक्कै सहयोग पुर्याउनुभएका पुर्व मेजर नेपाली सेना बाबुराम अधिकारी , तथा सल्लाहकारहरू, जग्गा दाता , पुर्व प्र.अ. , स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो। यस NCC तालीमका प्रशिक्षक कालिबहादुर गण भरतपुर ब्यारेक बाट रमेश पौडेल , केशरबहादुर श्रेष्ठ , सुर्य राई तथा अन्जना अधिकारी रहनुभएको थियो। कार्यक्रम अवलोकनका लागी नारायणी पब्लिक स्कुलका प्रतिनिधि तथा सोही स्कुलका NCC टिमका छात्राछात्रहरुको उपस्थिती रहेको थियो। कार्यक्रम उदघोषण यसै विद्यालयका सहायक प्र. अ. बाबुराम पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य यसै विद्यालयका प्र. अ. टंक प्रसाद न्यौपानेले गर्नुभएको थियो। उहाँले आफ्ना मन्तव्यकै क्रममा NCC का विद्यार्थी भाइबहिनीहरुलाइ यहि फागुन २० गते देखि अन्य थप तालिमका लागि नेपालगन्ज पठाउने तयारी गरीरहेको जानकारी समेत गराउनुभयो। उक्त कार्यक्रम राजेन्द्र मणि काफ्लेको सभापतित्वमा समापन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *